टिप्परको तौल नलिइने, गृहको निर्देशनविपरीत निर्णय फिर्ता
सवारीसाधनको भार तौलिने निर्णयमा टिप्पर व्यवसायीका अगाडि प्रहरी प्रशासन निरीह बनेको छ । गृह मन्त्रालयको निर्देशनअनुरूप जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पाँच दिनअघि मालवाहक सवारीसाधनको भार अनिवार्य रूपमा तौलपुलमा जाँचेर मात्र सडकमा पठाइने गरी भएको निर्णय व्यवसायीको दबाबमा पाँच दिन पनि टिक्न सकेन । आफैँले गरेको निर्णयबाट पछि हट्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले मङ्गलबारदेखि भारवहन गरिरहनु नपर्ने जानकारी व्यवसायीलाई गराएको छ ।
प्रशासनको निर्णयको सुरुदेखि विरोध जनाउँदै आएको बागमती टिप्पर व्यवसायी सङ्घलगायतका सङ्घ, सङ्गठन तथा व्यवसायी भने प्रशासनको निर्णयपछि हौसिएका छन् ।प्रशासनको निर्णय एक साता पनि नटिक्ने दाबी गर्दै उनीहरूले यसअघि नै सामाजिक सञ्जालमा लेखेका थिए । प्रशासनको लोकप्रिय निर्णयको समर्थन जनाएका स्थानीय बासिन्दा भने भारवहन जाँच नहुने सूचनापछि निराश बनेका छन् । जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयको निर्देशनअनुसार वैशाख ७ गतेदेखि जिल्लामा सञ्चालन हुने तथा जिल्लाबाट बाहिरिने टिप्परलगायतका मालवाहक सवारीको अनिवार्य भारवहन जाँच गर्नुपर्ने निर्णय गरेको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ राईलाई प्रदान गरिने
-
तीन वर्षमा माध्यमिक तहका १ लाख ६४ हजार विद्यार्थी गायब
-
नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट
-
माइतीघरमा सुकुमबासीहरूले गरे विरोध प्रदर्शन, तस्बिरहरू
-
क्याम्ब्रिज अपस्किल्स अंग्रेजी परीक्षाको विश्वसनीयतामाथि प्रश्न, छानबिन र पुनःपरीक्षाको माग गर्दै निवेदन
-
मन्त्रिपरिषद् बैठक सकियो, सुनाइएन निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण