उपनिर्वाचनमा एमाले सबै क्षेत्रमा तेस्रो
काठमाडौं । हालै सम्पन्न उपनिर्वाचनमा नेकपा एमाले तीनवटै निर्वाचन क्षेत्रमा तेस्रो स्थानमा खुम्चिन पुगेको छ । चितवन–२ मा त पहिला भन्दा कम मत प्राप्त गरेको एमाले बारा–२ र तनहुँ–१ मा पनि तेस्रो स्थानमा रहन पुग्यो । तीनवटै निवार्चन क्षेत्रमा एमाले १८ हजार भन्दा बढी मतान्तरले पराजय हुन पुगेको छ ।
चितवन–२ अघिल्लो निर्वाचनमा एमालेका कृष्णभक्त पोखरेलले ल्याएको १४ हजार ७ सय ५२ मत जति पनि अहिले रामप्रसाद न्यौपानेले ल्याउन सकेनन । उनले बरु पोखरेलले भन्दा ३ हजार ७ सय ८६ कम मत ल्याए । सो निर्वाचन क्षेत्रबाट न्यौपानले १० हजार ९ सय ३६ मत मात्रै प्राप्त भयो ।
सो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ५४ हजार १७६ ल्याएर विजयी भए भने नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठ ११ हजार २१४ मतसहित दोस्रो स्थानमा खुम्चिए ।
न्यौपाने लामिछाने भन्दा ४३ हजार ७ सय ८० मतले पछि परेका छन् । यसैगरी, तनहुँ–१ मा एमालेका सर्वेन्द्र खनाल पनि तेस्रो स्थानमा रहन पुग्यो । उनले त १० हजार मत पनि कटाउन सकेनन । उनी ८ हजार ४ सय ८८ मतमा सीमित भए ।
सो निर्वाचन क्षेत्रमा रास्वपाका स्वर्णिम वाग्ले ३४ हजार ९१९ मतसहित विजयी भए भने नेपाली कांग्रेसका गोविन्द भट्टराई २० हजार १२२ मतसहित दोस्रो स्थानमा रहन पुगे । बिजयी वाग्ले भन्दा एमालेका खनाल २६ हजार ४ सय ३१ मत अन्तरले पछि परेका छन् ।
उता, बारा–२ मा पुरुषोत्तम पौडेल पनि तेस्रो स्थानमा रहन पुगे । उनले १० हजार २१६ मत मात्रै प्राप्त गर्न सफल भए ।
सो क्षेत्रबाट बिजयी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले २८ हजार ४ सय १५ मत ल्याएका थिए भने उपबिजेता जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३ सय ३४ मत ल्याएका थिए । बिजयी यादव भन्दा एमालेका पौडेल १८ हजार १९९ मतले पछि परेका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३५ वर्षदेखि बिग्रिएको औद्योगिक क्षेत्र सुधार गर्दै छु: मन्त्री यादव
-
रास्वपाले विधानमै राख्यो वरिष्ठ नेता, पदाधिकारी १९ सदस्यीय
-
नेपाली फिल्मका १० नायिका : को केमा व्यस्त ?
-
काठमाडौँ जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे रुपन्देहीको तारेख
-
अमेरिका–इरान सम्झौतापछि कम्तीमा ५० लाख ब्यारेल इरानी तेल निकासी
-
सभामुख र संयुक्त अरब इमिरेट्सका राजदूतबिच शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण