सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

स्वास्थ्य बीमा बोर्डले माग्यो कर्मचारी, स्नातक उत्तीर्णले आवेदन दिन पाउने

बिहीबार, १४ वैशाख २०८०, १० : ०३
बिहीबार, १४ वैशाख २०८०

स्वास्थ्य बीमा बोर्डले दर्ता अधिकारी (नासु वा पाँचौँ तह सरह) पदमा कर्मचारी माग गरेको छ । करार सेवामा पदपूर्ति गर्नका लागि बोर्डले बिहीबार दरखास्त आह्वान गरेको हो ।
५५ जना माग भएको सो पदमा आवेदन दिनका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ । 

इच्छुक र योग्यता पुगेका उम्मेदवारले बोर्डको कार्यालय टेकुमा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ । 

Capture
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप