शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले सामाजिक सुरक्षाभत्ता कटौती गर्दैन : मन्त्री शर्मा

बिहीबार, १४ वैशाख २०८०, १५ : ३१
बिहीबार, १४ वैशाख २०८०

दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सामाजिक सुरक्षाभत्ता कटौती नभई व्यवस्थित गर्न लागेको बताएकी छिन् । 

दाङको बंगलाचुुली गाउँपालिकाले आयोजना गरेको तेस्रो गाउँपालिका खेलकुद कपको उद्घाटन गर्दै मन्त्री शर्माले मुलुकको खस्किँदो आर्थिक स्तर जोगाउन सरकारले सामाजिक सुरक्षाभत्ता व्यवस्थित गर्न लागेको बताइन् । 

उनले वर्तमानका सरकारका हरेक कामलाई नकारात्मक तरिकाले   भ्रम फैलाउँदै आइरहेको टिप्पणी गरिन्  । सरकारले एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यले दिँदै आइरहेको सेवा सुविधा कटौती नभई विशेष र व्यवस्थित रूपमा सञ्चालन गर्ने तयारी गरिरहेको उनले भनाइ छ । 

उनले भनिन्,‘वर्तमान  सरकारले वैदेशिक रोजगारका लागि जाने श्रमिकहरूको समेत सामाजिक सुरक्षा र जोखिम भत्ताको व्यवस्थापन गरेको छ । बृद्धबृद्धा, एकल महिला, शारीरिक अशक्ताहरुको सेवा वृद्धि गर्नुपर्नेमा कटौती कहाँ गर्छ ?’ 

मन्त्री शर्माले सरकारले हरेक क्षेत्रको विकासका लागि योजनासहित अघि बढेको बताइन् । उनले शिक्षा क्षेत्रको विकासका लागि समयमै  पाठ्यपुस्तक वितरण गरेको समेत दाबी गरिन् । उनले खेल क्षेत्रको विकासका लागि सरकार गम्भीरताका साथ लागेको बताइन् । गाउँपालिका स्तरीय खेलकुद कप २ दिनसम्म चल्ने छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप