गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका पाण्डेद्वारा दाबी पेस, ३५ सांसदको हस्ताक्षर
पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले मुख्यमन्त्रीका लागि ३५ जना सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका छन् । दिउँसो साढे ३ बजे बजे कांग्रेसका पाण्डेले तीन दलका ३५ जना सांसदसहित आफूलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतका आधारमा मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष दाबी पेस गरेका हुन् । उनले प्रदेश प्रमुख गुरुङ र प्रदेश प्रमुख कार्यालयका सचिव अणप्रसाद न्यौपानेलाई बहुमतको हस्ताक्षर बुझाएका हुन् ।

पाण्डेलाई नेपाली कांग्रेस २७, माओवादी ७ र स्वतन्त्र (एकीकृत समाजवादीमा प्रवेश) १ जना संसदको समर्थन छ । प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २ अर्थात् बहुमतको आधारमा नयाँ सरकार गठनको लागि वैशाख १४ गते आज दिउँसो ४ बजेभित्र दाबी पेस गर्न समय तोकिदिएका थिए । पाण्डेसँगै माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान पनि दाबी पेस गर्न पुगेका थिए । ६० सदस्यीय गण्डकी प्रदेशमा सरकार गठन गर्न ३१ सांसदको आवश्यक पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण