अलपत्र अवस्थामा रहेको चारलेन सडक चाँडै बन्छ : मन्त्री शर्मा
दाङ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दाङको निर्माणाधीन अवस्थामा अलपत्र परेको चारलेन सडक चाँडै बन्ने बताएकी छन् । एसियाली विकास बैंकको सहयोगमा निर्माण हुन लागेको चारलेन सडक चाँडै बन्ने उनले बताइन् ।
दाङको नारायणपुर उद्योग वाणिज्य संघले आयोजना गरेको तेस्रो नारायणपुर व्यापारिक तथा कृषि औद्योगिक मेलाको उद्घाटन गर्दै मन्त्री शर्माले उक्त सडकको अहिलेको ठेक्का रद्द गरी नयाँ ठेक्का गरिने बताइन् । उनले भनिन्,‘ चारलेन सडकले दाङका जनताले दुःख कष्ट पाइरहेका छन् । यसलाई सम्पन्न गर्न सरकारले नयाँ विकल्प खोज्छ ।’
उक्त सडक भारतीय निर्माण कम्पनीले अलपत्र पारेको बताइएको छ । सडकको निर्माण सम्पन्न गर्न भारतीय राजदूतावास र एसियाली विकास बैंकसँग छलफल गर्ने प्रतिबद्धता जनाइन् ।
मन्त्री शर्माले चारलेन मात्रै नभई घोराही मुर्कुटी–प्युठान, खंग्रानाका–रिहार, नारायणपुर–रोल्पा होलेरी सडक, घोराही– रक्षाचौर सडक, राप्ती लोकमार्ग, सहिद मार्गको मर्मत सम्भार तथा स्तरोन्नतीको योजनालाई समेत कार्यान्वयन तीव्रताका साथ अगाडि बढाइने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण