बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अलपत्र अवस्थामा रहेको चारलेन सडक चाँडै बन्छ : मन्त्री शर्मा

बिहीबार, १४ वैशाख २०८०, १९ : ०२
बिहीबार, १४ वैशाख २०८०

दाङ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दाङको निर्माणाधीन अवस्थामा अलपत्र परेको चारलेन सडक चाँडै बन्ने बताएकी छन् । एसियाली विकास बैंकको सहयोगमा निर्माण हुन लागेको चारलेन सडक चाँडै बन्ने उनले बताइन् । 

दाङको नारायणपुर उद्योग वाणिज्य संघले आयोजना गरेको तेस्रो नारायणपुर व्यापारिक तथा कृषि औद्योगिक मेलाको उद्घाटन गर्दै मन्त्री शर्माले उक्त सडकको अहिलेको ठेक्का रद्द गरी नयाँ ठेक्का गरिने बताइन् । उनले भनिन्,‘ चारलेन सडकले दाङका जनताले दुःख कष्ट पाइरहेका छन् । यसलाई सम्पन्न गर्न सरकारले नयाँ विकल्प खोज्छ ।’ 

उक्त सडक भारतीय निर्माण कम्पनीले अलपत्र पारेको बताइएको छ । सडकको निर्माण सम्पन्न गर्न भारतीय राजदूतावास र एसियाली विकास बैंकसँग छलफल गर्ने प्रतिबद्धता जनाइन् । 

मन्त्री शर्माले चारलेन मात्रै नभई घोराही मुर्कुटी–प्युठान, खंग्रानाका–रिहार, नारायणपुर–रोल्पा होलेरी सडक, घोराही– रक्षाचौर सडक, राप्ती लोकमार्ग, सहिद मार्गको मर्मत सम्भार तथा स्तरोन्नतीको योजनालाई समेत कार्यान्वयन तीव्रताका साथ अगाडि बढाइने बताइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप