वैदेशिक रोजगारीमा गएका नागरिकको तथ्याङ्क सङ्कलन गर्दै महानगर
भरतपुर । भरतपुर महानगरपालिकाले वैदेशिक रोजगारीमा गएका व्यक्तिको विवरण सङ्कलन गर्ने भएको छ । कामको सिलसिलामा विभिन्न मुलुकमा गएका नागरिकको सही तथ्याङ्क लिन वैशाख १६ गतेदेखि विवरण सङ्कलन गर्न लागिएको हो । महानगरका २९ वटै वडामा गएर गणकले वैदेशिक रोजगारीमा गएका घरपरिवारका सदस्यसँग यथार्थ विवरण सङ्कलन गर्नेछन् । त्यसका लागि बिहीबारदेखि महानगरपालिकाले वैदेशिक रोजगारसम्बन्धी तथ्याङ्क सङ्कलन, अभिलेखीकरण तथा पाश्र्वचित्र निर्माण गर्न गणकलाई दुई दिने अभिमुखीकरण कार्यशाला गोष्ठी आयोजना गरेको छ ।
स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका निर्देशक शान्ताकुमारी पौडेलले प्रत्येक वडाबाट एक/एक गणकलाई प्रशिक्षण दिएर सम्बन्धित वडामा खटाइने बताइन् । “यो महानगरको एउटा महत्वपूर्ण काम हो” उनले भनिन्, “महानगरले अब वैदेशिक रोजगारीमा गएका व्यक्तिको दस्तावेज निर्माण गर्ने छ ।” गणकले आगामी असार १५ भित्रमा तथ्याङ्क सङ्कलन गरेर महानगरपालिकामा बुझाइ सक्नुपर्ने निर्देशक पौडेलको भनाइ थियो ।
वडामा जाने गणकहरूले वैदेशिक रोजगारीमा गएका व्यक्तिको घरघरमा गएर उनीहरुको पारिवारिक विवरणका साथै लिङ्ग, उमेर, वैदेशिक रोजगारीमा गएको अवधि, बुझेर गए नगएको, सीप सिके नसिकेको, मान्यता प्राप्त म्यानपावरबाट गए नगएको, वैदेशिक रोजगारीबाट फर्कनु पर्नाको कारण, फर्केर आएपछि व्यापार व्यवसाय गरे नगरेको जस्ता थुप्रै विवरण अध्यावधिक गर्ने छन् ।
प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महानगरका उपप्रमुख चित्रसेन अधिकारीले यो विवरण सङ्कलन भएपछि वैदेशिक रोजगारीमा गएकाको यकिन तथ्याङ्क आउने र फर्केर आएकाले महानगरपालिकाबाट कस्तो अपेक्षा गरेका छन् भन्ने कुराको प्रष्ट खाका तयार बनाउन सहयोग पुग्ने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण