सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिर्वतन गर्नुपर्छः अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारको निजी क्षेत्रलाई हेर्ने देष्टिकोण परिवर्तन हुनुपर्ने बताएका छन् ।
शुक्रवार काठमाडौंमा ग्रिल तथा स्टिल व्यवसायी महासंघले उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारी सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले करिव ८० प्रतिशत जति राजश्व र रोजागारी सिर्जना गर्न निजी क्षेत्रको सरकारलाई योगदान पु¥याएको भन्दै सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने बताए ।
ढकालले पछिल्लो समय निजी क्षेत्र नाफाको लागि मात्रै काम गर्ने आरोप लाग्ने गरेको बताए । अध्यक्ष ढकालले निजी क्षेत्रले सामाजिक उत्तरदायित्व पूरा गर्दैन, नाफालाई मात्रै प्राथमिकता दिन्छ भन्ने सोचलाई परिवर्तन गराउन आवश्यक रहेको बताए । उनले ८० प्रतिशत अर्थतन्त्रमा योगदान गर्ने निजी क्षेत्रको प्रोटोकल कायम गर्न आवश्यक रहेको पनि बताए ।
त्यस्तै,महासंघका उपाध्यक्ष हेमराज ढकालले महासंघको वर्तमान नेतृत्व आएसँगै महासंघ धेरै चलायमान भएको दाबी गरे । उनले अर्थतन्त्रमा देखिएका समस्या समाधानको लागि अध्यक्षको नतृत्वमा प्रधानमन्त्रीदेखि अर्थमन्त्री र पार्टीका अध्यक्षहरुलाई भेटेर महासंघका मागहरु राखेको बताए ।
त्यस्तै कार्यक्रममा ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले देशभरमा ६० प्रतिशत स्टिल व्यवसायीहरु कानूनी दायरामा आउन नसकेको बताए । उनले ग्रिल तथा स्टिल व्यवसायीहरु कानूनी रुपमा व्यापार व्यवसायी गर्न चाहे पनि सरकारले त्यो खालको वातावरण बनाउन नसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण