कपन घटनाको अनुसन्धान गर्न एआईजीको नेतृत्वको ११ सदस्यीय समिति गठन
काठमाडौँ । राजधानीको कपनमा भएको घटनाको अनुसन्धान गर्न प्रहरीले ११ सदस्यीय अनुसन्धान समिति गठन गरेको छ । प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्यको नेतृत्वमा ११ सदस्यीय अनुसन्धान समिति गठन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । समितिमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्की, उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा मनोज केसी, ब्युरोकै एसएसपी दिनेश आचार्य, डीएसपी धर्मराज भण्डारी, प्रहरी वृत्त बौद्धका डीएसपी हरि बस्नेतलगायत छन् ।
कपनमा भाँडा पसल सञ्चालन गर्ने निरा पाण्डे आचार्यको हत्या रहस्य बन्दै गएपछि प्रहरीले गम्भीरता देखाउँदै उच्चस्तरीय अनुसन्धान समिति बनाएको हो । वैशाख ७ मा दिउँसो कपनस्थित सरस्वती नगरमा भाँडा पसलको काउन्टरमा उनी मृत भेटिएकी थिइन् । घटना भएको ९ दिनसम्म पनि प्रहरीले आरोपीको पहिचान गर्न सकेको छैन । यो घटनालाई लिएर एमालेसहितका दलहरुले समेत गम्भीर चासो राख्दै सत्यतथ्य पत्ता लगाउन प्रहरी र सरकारमाथि दवाव बढाउँदै आएको छ ।
घटनाको अनुसन्धानमा यसअघि नै पनि केन्द्रीय अनुसन्धान ब्युरोले आफ्नो टिम परिचालन गरिसकेको छ । ३५ वर्षीया निराको शरीरको २० ठाउँमा चक्कुको डोब देखिएको छ । बाहिरबाट पसलमा प्रवेश गरेर दोस्रो व्यक्तिले उनको हत्या गरेको प्रहरीको निष्कर्ष छ । निराले सञ्चालन गरेको पसलभन्दा ३ सय मिटर पर उनका पति योगेन्द्र आचार्यले इलेक्ट्रिक सामग्री पसल चलाउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
-
काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान
-
अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा बढी प्रभावित
-
सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण