कपन हत्याकाण्ड : सिआईबीले थाल्यो अनुसन्धान
काठमाडौँ । कपनमा भाँडा पसल सञ्चालन गर्ने निरा पाण्डे आचार्यको हत्या रहस्यमा छ । वैशाख ७ मा दिउँसो कपनस्थित सरस्वती नगरमा भाँडा पसलको काउन्टरमा उनी मृत भेटिएकी थिइन् । घटना भएको ९ दिनसम्म पनि प्रहरीले आरोपीको पहिचान गर्न सकेको छैन ।
घटनाको अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्युरोले आफ्नो टिम परिचालन गरेको छ । ब्युरोको टिमले अनुसन्धान सुरु गरेको सिआईबीका सूचना अधिकारी (एसपी) सञ्जयसिंह थापाले रातोपाटीलाई बताए । थापाले भने– ‘कपन घटनामा संलग्न आरोपीबारे अनुसन्धान सुरु गरेका छौँ ।’
३५ वर्षीया निराको शरीरको २० ठाउँमा चक्कुको डोब देखिएको छ । बाहिरबाट पसलमा प्रवेश गरेर दोस्रो व्यक्तिले उनको हत्या गरेको प्रहरीको निष्कर्ष छ । हत्यामा संलग्नबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
निराले सञ्चालन गरेको पसलभन्दा ३ सय मिटर पर उनका पति योगेन्द्र आचार्यले इलेक्ट्रिक सामग्री पसल चलाउँछन् । जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृतहरूले पनि घटनाको अनुसन्धान गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण