खाद्य अनुसन्धान अधिकृत ढुंगेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
शुक्रबार, १५ वैशाख २०८०, १८ : ५७
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत योगेन्द्र ढुंगेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सेवाग्राहीबाट रिसवत लिएको आरोपमा ढुंगेलविरुद्ध विशेष अदालत काठमाडौँमा शुक्रबार मुद्दा दायर गरिएको हो ।
ढुङ्गेलले अनुज्ञापत्रका लागि सेवाग्राहीसँग एक लाख ५० हजार रिसवत मागेको अख्तियारको दाबी छ । आयोगले ढुङ्गेललाई रिसवत रकमसहित नियन्त्रणमा लिएको थियो ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा उक्त रकम बराबरको बिगो दाबी गरेको छ । त्यस्तै, उक्त ऐनको दफा ३ बमोजिमको कैद र बिगो बराबरको जरिबाना माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण