लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले सोमबार विश्वासको मत लिने
रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आउँदो सोमबार विश्वासको मत लिने भएका छन् । सरकारलाई छिटो पूर्णता दिने गरी मुख्यमन्त्री चौधरीले विश्वासको मत छिट्टै लिन थालेका हुन् ।
बिहीबार नियुक्त भएका मुख्यमन्त्री चौधरीले आज बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथपश्चात राप्ती उपत्यका देउखुरीमा पदभार ग्रहणपश्चात बसेको मन्त्रिपरिषद्को बैठकले आउँदो सोमबार विश्वासको मत लिने निर्णय गरेको विना विभागीय मन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिए ।
सोमबार विश्वासको मत लिएपछि मङ्गलबारभित्र सरकारलाई पूर्णता दिने योजना मुख्यमन्त्रीले बनाएका छन् । मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन–तीन, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी)का एक–एकजना र स्वतन्त्र एक सांसद गरी ५३ सांसदको समर्थन रहेको छ ।
त्यसैगरी लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेशलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरी योजना तथा कार्यक्रम निर्माण गर्ने भएका छन् । मुख्यमन्त्री चौधरीले कार्यभार सम्हालेको पहिलो दिन आज बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले स्थानीय उत्पादनको बजारीकरण गरेर रोजगारी सिर्जना गर्ने, प्रदेश सरकारलाई घरघरसम्म पुर्याउने गरी कार्यक्रम निर्माण गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो पटक उद्यमी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री शाह
-
विभिन्न जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम
-
दार्चुलामा राज्यले गर्नुपर्ने काम धेरै छन् : सांसद ठगुन्ना
-
गभर्नर पौडेलको नयाँ अभ्यास : बजेटलाई सघाउने मौद्रिक नीतिको पूर्वगभर्नर नेपालद्वारा बचाउ
-
४४ निर्माण कम्पनीको लाइसेन्स खारेज (सूचीसहित)
-
धान फल्ने खेत मासेर अलैँचीखेती गर्दै माङसेबुङका किसान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण