शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मुगुका ज्येष्ठ नागरिक कुखुरा पालनमा आकर्षित

शनिबार, १६ वैशाख २०८०, ०७ : ३४
शनिबार, १६ वैशाख २०८०

मुगु ।  मुगुको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकाका ज्येष्ठ नागरिक कुखुरा पालनमा आकर्षित भएका छन् । सोरु गाउँपालिका–९ कालै गाउँका सिंहबहादुर शाहीसहित ज्येष्ठ नागरिक कुखुरा पालनप्रति आकर्षित भएका छन् । 

७२ वर्षीय शाही कुखुरा पालनबाट भएको आम्दानीले बुढ्यौलीको सहारा बनेको बताउँछन् । उनी मात्र होइनन् कालै गाउँका दर्जनौँ ज्येष्ठ नागरिकहरू पछिल्लो समय कुखुरा पालन गर्न थालेका छन् । १०० वटा कुखुरा पालन गरी रहेका कृषकहरूलाई कुखुरा पालनले घर खर्च टर्नुका साथै छोराछोरी पढाउन सहयोग पुग्ने अपेक्षा पुनदेवी रावलको छ । 

व्यावसायिक कुखुरा पालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत  पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुको आर्थिक सहयोगबाट सोरु गाउँपालिकाको कालै र धार्क गाउँका ६६ जना कृषकहरूलाई २ हजार ३ ७५ कुखुराका चल्ला वितरण गरिएको छ ।  जसमा कालै गाउँका ६१ जनामध्ये ६ जना नमुना कृषकलाई प्रत्येक १०० वटा कुखुराका चल्ला वितरण गरिएको छ भने बाँकी ५५ जना लाई प्रत्येक १० वटा कुखुरा वितरण गरिएको कार्यालयले जनाएको छ । 

खजुरामा रहेको सङ्घीय कार्यालय कुखुरा विकास फर्मबाट न्युहेम्पसायर र ब्ल्याकस्टक गरी दुई प्रजातिका चल्ला वितरण गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुका कार्यालय प्रमुख भीमचन्द्र बुढाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप