कोलकातालाई हराउँदै गुजरात शीर्ष स्थानमा
कोलकाता । डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिगमा जितको ह्याट्रिक गरेको छ । टोलीले कोलकाता नाइट राइडर्सलाई उसैको घरेलु मैदानमा ७ विकेटले पराजित गरेको हो । यो जितसँगै गुजरातको टोली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसको सर्वाधिक १२ अंक छ ।
कोलकाताको इडेन गार्डेन स्टेडियममा गुजरातले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १७९ रन बनायो । गुजरातले १७.५ ओभरमा ३ विकेट गुमाएर १८० रनको लक्ष्य पुरा गरेको थियो ।
पहिले ब्याटिङमा निस्केको कोलकाताबाट ठूलो साझेदारी भएन । कोलकाताका लागि रहमानउल्लाह गुरबाज एक्लैले ८१ रन बनाए । बाँकी ब्याट्सम्यानले खास प्रदर्शन गर्न सकेनन् । आन्द्रे रसेलले १९ बलमा ३४ रनको इनिङ खेले । गुजरातका लागि मोहम्मद शामीले ३ विकेट लिए । जोसुआ लिटिल र नूर अहमदले समान २–२ विकेट लिए ।
लक्ष्य पछ्याउन मैदान उत्रेको गुजरातका ओपनर शुभमन गिलले ४९ र विजय शंकरले ५१ रन बनाए । डेभिड मिलरले ३२ र हार्दिक पाण्ड्याले २६ रन बनाए । हर्षित राना, आन्द्रे रसेल र सुनिल नारायणले एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026