जब नेपालले भारतलाई हराएको थियो
काठमाडौँ । सन् २०२३ को एसिया कपमा छनोटका लागि नेपाल मात्र एक कदम टाढा रहेको छ । सोमबार हुने एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई पराजित गरे नेपाल एसिया कपका लागि छनोट हुनेछ । छनोट भए नेपाल आयोजक पाकिस्तान र भारतसँगै समूह एमा रहनेछ ।
नेपालले यसअघि सिनियर एसिया कपमा सहभागिता जनाएको छैन । तर, अन्डर–१९ एसिया कपमा भने नेपालले सहभागिता जनाएको छ । अझ सन् २०१७ मा एसीसी अन्डर–१९ एसिया कपबारे नेपालको सुखद सम्झना रहेको छ । क्वाललम्पुरमा भएको सो प्रतियोगितामा नेपालले महारथी भारतलाई स्तब्ध बनाएको थियो । प्रतियोगितामा आफ्नो दोस्रो खेलमा नेपाल १९ रनले विजयी भएको थियो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा १८५ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रेको भारत ४८.१ ओभरमा सबै विकेट गुमाउँदै १६६ रनमा सीमित बनेको थियो । खेलमा कप्तान रहेका दीपेन्द्र सिंह ऐरी नेपालका लागि नायक बनेका थिए । उनले ८८ रन बनाउनुका साथै ४ विकेट लिएका थिए । त्यस्तै, दुईवटा क्याच पनि लिन सफल भएका थिए ।

भारतलाई हराउने त्यो अन्डर–१९ टोलीका धेरै सदस्य अहिले नेपालको सिनियर टोलीमा खेलिरहेका छन् । जसमा ऐरीसहित, आशिफ शेख, रोहित पौडेल, भीम सार्की, सन्दीप लामिछानेलगायत छन् ।
रोचक कुरा, त्यतिबेला नेपालले हराएको भारतको अन्डर–१९ टोलीका प्रशिक्षक राहुल द्रविड थिए । अहिले तिनै द्रविड भारतको सिनियर टोलीका प्रशिक्षक रहेका छन् । त्यतिबेला द्रविड आफै नेपाली टोली कहाँ पुगेर बधाई दिएका थिए । तत्कालीन नेपालका प्रशिक्षक विनोद दासका अनुसार द्रविड आएर नेपाल जीतको हकदार भएको बताउँदै बधाई दिएका थिए । सो प्रतियोगितामा नेपाल सेमिफाइनलसम्म पुगेको थियो । जहाँ टोली त्यतिबेला विजेता बनेको अफगानिस्तानसँग पराजित हुन पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती खेलकुद: पुरुष क्रिकेटको उपाधि चितवनलाई
-
चूडामणि शर्माविरुद्धका दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा कागजात झिकाउने आदेश
-
सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ : अमेरिकी रक्षामन्त्री
-
युद्ध अन्त्य गर्ने सम्झौता अमेरिकाको हार : इरानी पत्रपत्रिका
-
फेरिँदै विद्यालय पाठ्यक्रम, नैतिक शिक्षालाई समेट्ने गरी अघि बढ्यो कार्यदल
-
तनहुँमा १९ जना शङ्कास्पद व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण