बढुवामा अन्याय गरेको भन्दै एसपी तिम्सिनाले दिए राजीनामा
काठमाडौँ । प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा छुटेपछि असन्तुष्ट बनेका एसपी आभूषण तिम्सिनाले राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालमा असन्तुष्टि पोख्दै राजीनामा दिने निर्णयमा पुगेको उल्लेख गरेका छन् ।
२०५६ असार ३ बाट प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका तिम्सिनाले लेखेका छन्,‘ नेपालको संविधान २०७२ को मौलिक हकमा नअटाएका भेदभाव, असमानता, अन्याय, थिचोमिचो, विभेद, नातावाद, कृपावादको माखे साङ्लोबाट नेपाल प्रहरीका क्षमतावान्, उत्कृष्ट राष्ट्रसेवक कर्मचारीहरू कहिले मुक्त हुने र कानुनले नचिनेका शक्तिकेन्द्रहरू धाउने क्रम कहिले अन्त्य हुने भन्ने ठुलो प्रश्नको बोझले नेपाल प्रहरीका कर्मचारीहरू कहिले मुक्त हुने भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास कहिले सार्थक हुने ?’ उनले आफूलाई सङ्गठनले अन्याय गरेको उल्लेख गरेका छन् ।
‘आफ्नै मानव अधिकारको हरण पटक पटक बेहोरेको व्यक्तिले आम नागरिकका मानव अधिकारहरूलाई कसरी रक्षा गर्ला भन्ने चिन्ताले म ३ रात सुत्न सकिन,‘ तिम्सिनाले लेखेका छन्,‘ चन्द्र शमशेरले राणा कालमै अन्त्य गरेको दास प्रथालाई निरन्तरता दिने पक्षमा म सार्वभौम नेपाली नागरिकको हैसियतमा कदापि छैन। पदबाट राजीनामा दिएर अलग्गिएको आजैका मितिबाट म सार्वभौम र कानुनको सम्मान गर्ने पूर्ण नेपाली नागरिकमा रूपान्तरित भएकोमा गौरवान्वित महसुस गरेको छु।’
तिम्सिनाले प्रहरी सङ्गठनले आफ्नो जवानी लुटाएको टिप्पणी गरेका छन् । लेख्छन्,‘ मेरो जवानी लुटाएको संस्थाबाट अलग्गिने निर्णय गरेको छु। आफू अन्यायको सिकार भएको र आफू प्रति भएको अन्याय चुपचाप सहेर बस्ने अधिकारीले जागिरमा रहँदा बस्दा आफूमाथि भएको अन्यायको बिलौना मात्रै गरेर बस्ने, अन्यायको व्यक्त गर्न नसक्ने तर भित्रभित्रै पिरोलिरहने बोझ र कुण्ठा बोकेर सङ्गठनमा रहिरहनु उचित मानिन।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कवीन्द्र बुर्लाकोटी भन्छन्– विषयगत मन्त्रालयको जवाफ प्रधानमन्त्रीले दिनुहुन्न
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
-
सांसद पदम परियारको जिज्ञासा : सुरुङ मार्गको ऋण कसरी तिरिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण