मन्त्री ज्वालाले भने–भौतिक मन्त्रालयको बजेट ५४ अर्बले कटौती भयो
आइतबार, १७ वैशाख २०८०, १८ : ४१
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी आर्थिक वर्षमा भौतिक मन्त्रालयको बजेट सबैभन्दा धेरै कटौती भएको बताएका छन् ।
आइतबार काठमाडौँमा पेशागत महासंघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षमा मन्त्रालयको बजेट ५४ अर्ब कटौती भएको बताए ।
मन्त्री ज्वालाले चालु आर्थिक वर्षमा १६३ अर्ब बजेट रहेको भएपनि आगामी आर्थिक वर्षका लागि ११३ अर्ब बजेटको सिलिङ दिइएको बताए । आगामी आर्थिक वर्षको बजेट गरिबको लागि खानेकुरा जस्तो बनेको उनले बताए । राजश्व संकलन कम भइरहेको र अर्थतन्त्रका सूचकांकहरु पनि खराब रहेको उनको भनाइ छ ।
मन्त्री ज्वालाले मन्त्रालयले आगामी आर्थिक वर्षमा आवश्यक काम गर्न नसक्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण