आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रवासी नेपालीको समस्याबारे सरकारको ध्यानाकर्षण

मङ्गलबार, १९ वैशाख २०८०, २० : ३१
मङ्गलबार, १९ वैशाख २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवास समन्वय समितिले प्रवासी नेपालीको समस्याबारे प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलमार्फत  सरकारको ध्यानाकर्षण गराएको छ । 

प्रवास समन्वय समितिको कार्यालय कुपण्डोलमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले गजुरेललाई स्वागत गर्दै प्रवासीको समस्याबारे ध्यानाकर्षण गराएका हुन्  । सो क्रममा शर्माले सरकारका कामकारबाहीलाई थप प्रभावकारी बनाउन प्रवासमा रहेका नेपालीहरूको ज्ञान, सीप र क्षमताको सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

प्रवास समन्वय समितिका कार्यालय सदस्य इन्द्रराज भट्टराईका अनुसार प्रवासी नेपालीको समस्या समाधानका लागि डेस्क स्थापना गर्न सरकारलाई  ध्यानाकर्षण गराइएको छ । उक्त डेस्क मार्फत वैदेशिक रोजगारीका क्रममा नेपाली नागरिकहरूले भोगेका समस्या केन्द्रीकृत गरी समाधान गर्न भट्टराईको धारणा छ । 

अहिलेको विज्ञान र प्रविधिको युगमा व्यक्तिगत घटना दर्ता, व्यवसाय दर्ता लगायतका कुरा हातहात वा मोबाइलबाट नै गर्न सकिने र “हातहातमा सिंहदरबार”कार्यक्रम मार्फत सोको कार्यान्वयन गर्ने बिषयमा पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइएको उनको भनाइ छ ।

उक्त कार्यक्रममा प्रवास समन्वय समितिका सदस्यहरू रमेश प्रसाद तिवारी, मनऋषि धिताल, सफल शर्मा लगायतको उपस्थिति रहेको थियो ।

सो क्रममा अध्यक्ष शर्माले सरकारको नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयबारे सुझावसहितको प्रतिवेदन सल्लाहकार गजुरेललाई हस्तान्तरण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप