प्रवासी नेपालीको समस्याबारे सरकारको ध्यानाकर्षण
काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवास समन्वय समितिले प्रवासी नेपालीको समस्याबारे प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलमार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रवास समन्वय समितिको कार्यालय कुपण्डोलमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले गजुरेललाई स्वागत गर्दै प्रवासीको समस्याबारे ध्यानाकर्षण गराएका हुन् । सो क्रममा शर्माले सरकारका कामकारबाहीलाई थप प्रभावकारी बनाउन प्रवासमा रहेका नेपालीहरूको ज्ञान, सीप र क्षमताको सदुपयोग गर्नुपर्नेमा जोड दिए ।
प्रवास समन्वय समितिका कार्यालय सदस्य इन्द्रराज भट्टराईका अनुसार प्रवासी नेपालीको समस्या समाधानका लागि डेस्क स्थापना गर्न सरकारलाई ध्यानाकर्षण गराइएको छ । उक्त डेस्क मार्फत वैदेशिक रोजगारीका क्रममा नेपाली नागरिकहरूले भोगेका समस्या केन्द्रीकृत गरी समाधान गर्न भट्टराईको धारणा छ ।
अहिलेको विज्ञान र प्रविधिको युगमा व्यक्तिगत घटना दर्ता, व्यवसाय दर्ता लगायतका कुरा हातहात वा मोबाइलबाट नै गर्न सकिने र “हातहातमा सिंहदरबार”कार्यक्रम मार्फत सोको कार्यान्वयन गर्ने बिषयमा पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइएको उनको भनाइ छ ।
उक्त कार्यक्रममा प्रवास समन्वय समितिका सदस्यहरू रमेश प्रसाद तिवारी, मनऋषि धिताल, सफल शर्मा लगायतको उपस्थिति रहेको थियो ।
सो क्रममा अध्यक्ष शर्माले सरकारको नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयबारे सुझावसहितको प्रतिवेदन सल्लाहकार गजुरेललाई हस्तान्तरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण