सुनको भाउ प्रतितोला १ लाख १० हजार ६ सय पुग्यो
बुधबार, २० वैशाख २०८०, ११ : ०४
काठमाडौँ । बुधवार सुनको भाउ पुनः उकालो लागेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकै दिन १८ सय रुपैयाँले बढ्दै १ लाख १० हजार ६ सय रुपैयाँ पुगेको हो ।
यसअघि गत चैत २२ गते प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेर सुनको मूल्यले रेकर्ड राखेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत तोलामा १८ सय रुपैयाँले नै बढ्दै १ लाख १० हजार ५० रुपैयाँ पुगेको छ ।
यता चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढ्दै आज १ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण