शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

उपराष्ट्रपतिद्वारा चार्ल्स तृतीयको राज्याभिषेक समारोह सफलताको कामना

बुधबार, २० वैशाख २०८०, १७ : ४२
बुधबार, २० वैशाख २०८०

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेका छन् ।  लैनचौरस्थित उपराष्ट्रपति भवनमा आज भएको सो भेटमा नेपाल र बेलायतबीच सदियौँदेखि रहि आएको घनिष्ठ सम्बन्धका विविध आयामबारे विचारविमर्श भएको थियो ।

सो क्रममा उपराष्ट्रपति यादवले ६ मे २०२३ मा हुन लागेको बेलायतका राजा चार्ल्स तृतीयको शुभ राज्याभिषेक समारोह सफलताको कामना गरेका थिए । उनले भूतपूर्व गोर्खा सैनिकका मागको विषयमा छिट्टै समाधान निस्कनेछ भन्ने विश्वास व्यक्त गरेको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । भेटमा राजदूत पोलिटले गोर्खा सैनिकले पुर्याएको योगदानका लागि आभार प्रकट गरेका थिए । उनले भूपू गोर्खा सैनिकको मागको विषयमा भएका वार्ता सकारात्मक ढङ्गले अघि बढिरहेको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप