गण्डकीका मुख्यमन्त्रीलाई राप्रपाले विश्वासको मत नदिने
बिहीबार, २१ वैशाख २०८०, १४ : ४७
कास्की । राप्रपाका पञ्चराम गुरुङले गण्डकी प्रदेश सरकारमा म्याच फिक्सिङ नहोस् भन्नेतर्फ मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई सचेत गराएका छन् ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले मुख्यमन्त्रीलाई आफ्नै चप्पलले समेत पछाडिबाट टाउकोसम्म हिलो छ्याप्ने कुरालाई हेक्का राख्न सचेत गराए ।
उनले यसअघिका मुख्यमन्त्री खगराज अधिकारीले राम्रो काम गर्न खोज्दाखोज्दै पनि नपाएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेलाई चुनौतीपूर्ण अवस्थामा सफलता मिलोस् भन्ने शुभकामना दिए ।
यद्यपि अहिले राप्रपाले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत नदिने प्रस्ट पार्दै उनले आगामी दिनमा सरकारको काम कारबाही हेरेर मूल्याङ्कन गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण