प्रदेश
सभामुखले ‘प्रमुख प्रतिपक्षी दलको नेता’ नभनेकोमा खगराज अधिकारीको आपत्ति
बिहीबार, २१ वैशाख २०८०, १५ : ०५
कास्की । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेशसभामा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले सभामुखले आफूलाई सम्बोधन गर्ने क्रममा ‘माननीय सदस्य’ भनेकोमा आपत्ति जनाएका छन् ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिन सभामुखले बोलाउँदा प्रयोग गरेको भाषाका सम्बन्धमा उनले आपत्ति जनाएका हुन् ।
‘म विपक्षी दलको नेता पनि हो, त्यति भन्न पनि सभामुखले सक्नुभएन,’ उनले भने, ‘हामी आग्रहबाट मुक्त हुन सक्छौं कि सक्दैनौं ?’
सम्भव भए व्यवहारबाटै परिवर्तन गरौं, नभए कुण्ठा नपालौं भन्ने सुझाव पनि उनले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण