राजस्थानसँग गुजरातको बदला, प्लेअफ नजिक
राजस्थान । इन्डियन प्रिमियर लिगको ४८ औँ खेलमा डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ९ विकेटले पराजित गरेको छ । लिगमा राजस्थानमाथि गुजरातको यो चौथो जित हो।
यो जितसँगै हार्दिक पाण्ड्याको नेतृत्वमा रहेको टोलीले घरेलु मैदानमा राजस्थानसँगको हारको बदला लिएको छ । पछिल्लो खेलमा राजस्थानले गुजरातलाई अहमदाबादमा ३ विकेटले पराजित गरेको थियो । चालू सिजनमा गुजरातको सातौँ जित पनि हो । टोलीको १४ अंक छ र गुजरात प्लेअफ प्रवेश गर्न एक जित टाढा छ।
सवाईमान सिंह रंगशालामा टस जितेर ब्याटिङ रोजेको राजस्थानको टोली १७.५ ओभरमा ११८ रनमा अलआउट भयो। गुजरातले १३.५ ओभरमा मात्र एक विकेट गुमाएर ११८ रनको लक्ष्य पुरा गरेको थियो ।
लगातार विकेट गुमाएपछि राजस्थानको टोलीले ठूलो स्कोर बनाउन सकेन । टोलीले सिजनको सबैभन्दा सानो स्कोरमा सीमित बन्यो । राजस्थानका लागि सञ्जु सैमसन (३० रन) मात्रै केही समय टिक्न सके । रसिद खानले ३ विकेट लिए भने नूर अहमदले २ विकेट लिए ।
उता जवाफी ब्याटिङमा उत्रेको गुजरातका लागि ओपनर वृदिमान साहाले ४१, कप्तान हार्दिक पाण्डेयले ३९ र शुभमन गिलले ३६ रन बनाए । राजस्थानका लागि युजभेन्द्र चहलले एक मात्र विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
-
चीनलाई विश्वकप चाहिँदैन, उसँग आफ्नै ‘भिलेज सुपर लिग’ छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण