नक्कली शरणार्थी प्रकरणमा संलग्न जोकोहीलाई कारबाही हुन्छ : उपाध्यक्ष महरा

काठमाडौँ । सरकारको नेतृत्व लिएको नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले ‘नक्कली शरणार्थी प्रकरण’मा संलग्न जोकोहीलाई पनि कारबाही हुने बताएका छन् ।
पूर्वसभामुख समेत रहेका महराले सरका भित्र भएपनि वा बाहिर भएपनि सो प्रकरणका दोषीमाथि कारबाही हुने बताएका हुन् ।
शनिबार संवाद डबलीले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो प्रकरणमा संलग्नहरुलाई कारबाही गर्ने कुरामा कुनै पनि खालको भेदभाव नहुने बताए ।
उपाध्यक्ष महराले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिँदैमा वर्तमान सरकार नढल्ने दाबी गरे । राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिएपनि बहुमत रहेकाले वर्तमान सरकार कायमै रहने उनको तर्क थियो । उनले सरकारलाई विश्वासको मत लिन पनि कुनै समस्या नभएको बताए ।
उपाध्यक्ष महराले समाजवादी मोर्चा घोषणाका लागि आफूहरु प्रयासरत रहेको समेत बताए । त्यसका लागि नेकपा (समाजवादी पार्टी), जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपासहितका ६ वटा राजनीतिक पार्टीसँगको छलफल जारी रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीबाट राज्यमन्त्री गर्बुजाले लिए शपथ
-
अल–आहलीलाई उपाधि चुमाउँदै ऐतिहासिक खेलाडी बने फर्मिनो, मेन्डी र माहरेज
-
मेट गालामा डेब्यू गर्दैछन् दिलजित दोसांझ
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
९० को दशकसम्म नेतृत्व नछाड्ने ओली र प्रचण्डको सङ्केत
-
मेस्सी र स्वारेजको गोलसँगै इन्टर मियामीको सजिलो जित