कर्णालीमा जनशक्ति अभावका कारण बजेट फ्रिज जाने अवस्था छ : मन्त्री विश्वकर्मा
सुर्खेत । कर्णालीकी जलस्रोत तथा ऊर्जा विकास मन्त्री उर्मिला विश्वकर्माले कर्णालीमा कर्मचारीको अभाव कायमै रहेको बताएकी छन् । कर्मचारी अभावले प्रदेश सरकारको बजेट फ्रिज भएर खेर जाने अवस्था रहेको उनको भनाइ छ ।
शनिबार वीरेन्द्रनगरमा पत्रकारसँग मन्त्री विश्वकर्माले प्रदेश सरकारको कामकारबाहीको गति बढाउन कर्मचारी अभावको हल हुनुपर्ने बताइन् । जलस्रोत तथा ऊर्जा मन्त्रालयमा पनि प्राविधिक कर्मचारीहरू अझै अपुगरहेको उनले बताइन् ।
मन्त्री विश्वकर्माले कर्णाली प्रदेश दौडँदा पनि विभिन्न कारणले अन्य प्रदेशलाई भेट्टाउन नसकेको बताइन् । तर आफू नतिजा देखिने गरी काम गर्ने प्रतिबद्ध रहेको उनले बताइन् ।
विश्वकर्मा यसअघि भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत राज्यमन्त्री थिइन् । तर, कांग्रेस–माओवादीको समीकरण भएपछि भौतिकमा मर्ज गरिएको जलस्रोत तथा ऊर्जा मन्त्रालय फुटाइएर ८ वटै मन्त्रालय गरिएको हो । राज्यमन्त्री भएकी विश्वकर्मालाई फुल मन्त्रीका रूपमा सोही मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको थियो । विश्वकर्मा प्रदेशकी एक मात्र महिला मन्त्री हुन् ।
उनले भनिन्,‘ म इमानदार भएर जनताको पक्षमा रहेर काम गर्नुपर्छ भन्ने पक्षमा छु । म कुराभन्दा काम गर्नुपर्छ भन्ने पात्र हुँ ।’
उनले आफू पपुलारिटीभन्दा पनि ¥यालिटी बेसमा रहेर काम गर्नुपर्ने पक्षमा रहेको बताइन् । साथै उनले कर्णाली ‘सुनलाई सिरानीमा राखेर नुनको खोजी’ गरिरहेको कर्णालीलाई समृद्धिको मार्गमा डोहो¥याउन सबै पक्ष अग्रसर हुनुपर्ने उल्लेख गरिन् ।
‘हामी डलरको खेती गर्न सक्ने मान्छेहरु आज पनि नुनको खोजी गर्नुपर्ने बाध्यतामा रुमलिरहेका छौँ,’ उनले भनिन,‘ अब यो अवस्थालाई परिवर्तन गर्नका लागि सिँगो कर्णाली जाग्नुपर्छ ।’
यस्तो छन् उनका प्राथमिकताका विषय
मन्त्री विश्वकर्माले जलस्रोत र ऊर्जाका क्षेत्रमा आगामी दिनमा गर्नुपर्ने कामको विषय पनि जानकारी दिइन् । १४ बुँदामा उनले जनता सिँचाई कार्यक्रम, कर्णाली उज्यालो कार्यक्रमलाई थप व्यवस्थित तरिकाले अघि बढाइने बताइन् ।
साथै आगामी बजेटका लागि आयोजना छनोटलाई व्यवस्थित बनाउने उनको तयारी छ । त्यसका लागि आयोजना माग तथा छनोट कार्यविधि निर्माण गरी जिल्ला स्थित स्थानीय सञ्चार माध्यममा १५ दिने सूचना प्रसारण गर्ने व्यवस्था मिलाइएको मन्त्री विश्वकर्माले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण