भारतीय राष्ट्रपतिले सम्बोधन गर्दै गर्दा बत्ती गएपछि राजनीतिक विवाद
नयाँ दिल्ली । ओडिशाको बारीपाडास्थित महाराजा श्री रामचन्द्र भाञ्जदेव विश्वविद्यालयको १२औँ दीक्षान्त समारोहमा शनिबार राष्ट्रपति द्रौपदी मुर्मुको सम्बोधनका क्रममा विधुत सर्ट भएपछि राजनीतिक विवाद उत्पन्न भएको छ ।
राष्ट्रपति मुर्मुको भाषण सुरु भएको चार मिनेट नबित्दै विद्युत् सर्ट भएर कार्यक्रम स्थलमा अँध्यारो छाएको थियो । मुर्मुले अन्धकारमा पनि आफ्नो भाषण जारी राखेकी थिइन ।
बिहान ११ः५६ बजेदेखि १२ः०५ बजेसम्म नौ मिनेटसम्म विद्युत् आएको थिएन । यसलाई सुरक्षामा ठुलो कमी भएको भन्दै भारतीय जनता पार्टी (भाजपा) प्रदेश अध्यक्ष मनमोहन सामलले मुख्यमन्त्री नवीन पटनायकलाई माफी माग्नु पर्ने जनाएका छन् ।
उनले भने, ‘यो सिङ्गो राज्यको लागि लज्जास्पद कुरा हो । राज्य सरकारले ओडिशालाई पावर सरप्लस राज्य हो भनी दाबी गर्छ तर देशको पहिलो नागरिक भएको ठाउँमा बिजुली दिन सकेन। हामी मुख्यमन्त्रीले माफी मागेको हेर्न चाहान्छौं ।’
कांग्रेसका वरिष्ठ नेता पञ्चानन कानुङ्गोले भने, ‘यो सम्पूर्ण राज्यको लागि ठुलो लज्जास्पद कुरा हो। यस घटनाका लागि राष्ट्रपतिसँग माफी माग्न प्रदेश सरकारसँग माग गर्दछौँ।’
सोही क्रममा बिजु जनता दलका उपाध्यक्ष देविप्रसाद मिश्रले यो लापरबाहीको दोषी पत्ता लगाउन छानबिन गरिने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण