शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

१०–१० वटा दल भएर पनि सरकारलाई पूर्णता दिन सकेनन् : ओली

‘कोही महानगर भत्काउन मात्र जानेको छ’
आइतबार, २४ वैशाख २०८०, १४ : ०९
आइतबार, २४ वैशाख २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा अस्थिरताको कारण सरकार र सरकारमा रहेका सत्तारुढ दल भएको आरोप लगाएका छन् । सत्तारुढ दलहरु केवल सरकार परिवर्तनको खेलमा मात्र लागेको र विकास निर्माणको काम केही पनि गर्न नसकेको अध्यक्ष ओलीले दाबी गरेका हुन् ।

आइतबार संघीय संसद् भवनमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘मंसिर ४ मा चुनाव भएको आज वैशाख २४ गते भइसक्यो । यी बितेका महिनासम्म सरकार परिवर्तनका खेलहरु मात्र भए । स्थानीय तहमा सरकार परिवर्तन गर्न नमिल्ने भएकाले हो नत्र त्यहाँ पनि यही खेल चलिरहन्थ्यो । प्रदेशमा त्यही खेल चलाइरहेका छन् । देशका लागि होइन, आफ्नो गुटगत स्वार्थ हेरेर त्यही काम गरिरहेका छन् ।’

१०–१० वटा पार्टी मिलेर पनि सरकार बनाउन नसकेको भन्दै ओलीले व्यङ्ग्यसमेत गरे । ‘कोही छुट्दैछन् कोही भर्ती हुँदैछन् । अस्तिको दिनमा मात्र एउटा घटकले सरकारले छोड्यो । अस्ति कहिले ३ जना मन्त्री बल्ल थप्यो । अझै सरकारले पूर्णता पाउन सकेको छैन । १०–१० वटा पार्टीले सरकार बनाउन सक्दैन । गठबन्धन पनि कति हो टुंगो छैन । कहिले सात भन्या छ कहिले आठ, कहिले नौ, कहिले दश । राजनीतिक तामाशा देखाइएको छ ।’

उनले जनताको पक्षको केही काम नभएको भन्दै आक्रोश पोखे । केही कुप्रचार गरेर जनतालाई रनभुल्लमा पार्ने काम मात्र भएको उनको भनाई छ । 

त्यस्तै, स्थानीय तहले गरेको कामप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे । ‘हाम्रो महानगर, उपमहानगरहरूले कसरी काम गरेको छ । कोही भत्काउने काम मात्र गर्छ, निर्माणको काम केही छैन । कहीँ निर्माण गर्नै पाउँदैन,’ ओलीले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप