नेप्से सूचक १९ अंकले घट्यो, कारोबार ६० करोडमा खुम्चियो
काठमाडौँ । साताको पहिलो कारोबार दिन नै नेप्से सूचक दोहोरो अंकले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १९.१२ अंकले घट्दै १८ सय ५०.६१ अंकको विन्दुमा झर्न पुगेको हो ।
उसो त यस दिन कारोबार रकम समेत घटेर ६० करोडमा झर्न पुगेको छ । १९ अंकमाथिले नेप्से सूचक घटेको बजारमा आज जम्मा ६० करोड ८१ लाख ३५ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।
गत साताको अन्तिम कारोबार दिन बिहीबार १२ अंकले नेप्से बढ्दै गर्दा ७३ करोड २६ लाख ८९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक २.०४ प्रतिशतले घटेको छ भने होटल तथा पर्यटन समूहको उपसूचक १.७९ प्रतिशतले, फाइनान्स समूहको उपसूचक १.२१ प्रतिशतले र माइक्रोफाइनान्स समूहको उपसूचक १.२४ प्रतिशतले घटेको छ ।
आज आन्तमनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.२२ प्रतिशतले बढेको छ भने एनएमबी डिभेन्चरको मूल्य ८.८३ प्रतिशतले घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा मकवानपुरको सभापतिमा पाठक चयन
-
रास्वपा काठमाडौँको सभापतिमा राजा शाक्य निर्वाचित
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण