भारोत्तोलन टोली दक्षिण कोरिया जाने
आइतबार, २४ वैशाख २०८०, १६ : २४
काठमाडौँ । एसियाली भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन एक खेलाडीसहित ३ सदस्यीय नेपाली टोली सोमबार दक्षिण कोरियाको जेन्जु प्रस्थान गर्दै छ । मे ३ देखि १३ तारिखसम्म हुने प्रतियोगितामामा सागर भण्डारीले पुरुष १०९ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् ।
पेरिस ओलम्पिकका लागि छात्र वृत्ति प्राप्त सागर १३ औं दक्षिण एसियाली खेलकुदका रजत विजेता हुन् । प्रतियोगिता पेरिस ओलम्पिक छनोटका रूपमा समेत रहेको छ । प्रशिक्षकमा जीवन गौतम तथा व्यवस्थापकमा रामसुन्दर श्रेष्ठ रहेका छन् । सागरले मे १३ तारिखमा प्रतिस्पर्धा गर्ने छन् ।
टोलीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, एनओसीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राज वैद्य, नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा यात्रुवाहक माइक्रोबस दुर्घटनाप्रति जनार्दन शर्माद्वारा दु:ख व्यक्त
-
स्वास्थ्य प्रतिष्ठानहरूमा उपकुलपतिको कार्यकाल फरक–फरक राखिएकोमा थपलियाको आपत्ति
-
रास्वपा सभापति रवि लामिछानेसमक्ष पुग्यो वीरगन्ज मेनरोडको मुद्दा
-
कर्णालीको संसद्मा धकेलाधकेल, सरकारले भन्यो– संसद् कुस्ती खेल्ने ठाउँ होइन
-
खामेनीको अन्त्येष्टिका क्रममा आक्रमण नगर्न अमेरिका र इजरायललाई इरानको चेतावनी
-
‘सहकारीका बचतकर्ताको पैसा फिर्ता गराउन सरकार निर्मम हुन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण