बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

भारोत्तोलन टोली दक्षिण कोरिया जाने

आइतबार, २४ वैशाख २०८०, १६ : २४
आइतबार, २४ वैशाख २०८०

काठमाडौँ । एसियाली भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन एक खेलाडीसहित ३ सदस्यीय नेपाली टोली सोमबार दक्षिण कोरियाको जेन्जु प्रस्थान गर्दै छ । मे ३ देखि १३ तारिखसम्म हुने प्रतियोगितामामा सागर भण्डारीले पुरुष १०९ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् । 

पेरिस ओलम्पिकका लागि छात्र वृत्ति प्राप्त सागर १३ औं दक्षिण एसियाली खेलकुदका रजत विजेता हुन् ।  प्रतियोगिता पेरिस ओलम्पिक छनोटका रूपमा समेत रहेको छ । प्रशिक्षकमा जीवन गौतम तथा व्यवस्थापकमा रामसुन्दर श्रेष्ठ रहेका छन् । सागरले मे १३ तारिखमा प्रतिस्पर्धा गर्ने छन् ।

टोलीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, एनओसीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राज वैद्य, नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप