बजेटको सिद्धान्त र प्राथमिकतामाथि तीन दिन छलफल हुने
आइतबार, २४ वैशाख २०८०, १७ : ४०
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को विनियोजित बजेटमाथिको सिद्धान्त र प्राथमिकता (कर विधेयक बाहेक) को प्रस्तावमाथि तीन दिन छलफल हुने भएको छ ।
आइतबार अर्थमन्त्री डा.प्रकाशशरण महतले संघीय संसदमा विनियोजित बजेटमाथिको सिद्धान्त र प्राथमिकता (कर विधेयक बाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका छन् । यसलगत्तै सभामुख देवराज घिमिरेले उक्त प्रस्तावमाथि वैशाख २५ गते, २६ गते र २७ गते छलफल हुने घोषणा गरे ।
सोही प्रस्तावमाथि छलफल गर्न आगामी बैठकमा दलगत रूपमा प्रतिनिधित्व गरी बोल्न समेत सांसदहरुलाई घिमिरेले आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण