समाचार
उडेको १७ मिनेटमै श्री एयरलाइन्सको जहाज गौतम बुद्ध विमानस्थलमा फर्कियो
सोमबार, २५ वैशाख २०८०, १० : ५२

काठमाडौँ । भैरहवास्थित गौतम बुद्ध विमानस्थलबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाज प्राविधिक समस्या देखिएपछि भैरहवा नै फर्किएको छ । श्री एयरलाइन्सको एसएचए ८२२ नम्बरको ७२ सिटे विमान बिहान ९ः ४० बजे काठमाडौँका लागि उडेको थियो । तर, उडानको करिब १७ मिनेटपछि नै विमानमा केही प्राविधिक समस्या देखिए पनि पुनः गौतवुद्ध विमानस्थलमा नै अवतरण (ल्यान्ड) गरिएको कम्पनीका प्रवक्ता अनिल मानन्धरले रातोपाटीलाई जानकारी दिए । विमान ९ः ५७ बजे ल्यान्ड भएको हो ।
‘उडानको करिब १७ मिनेटपछि विमानमा इन्जिनियरिङ समस्या देखिएको जानकारी प्राप्त भएको छ । भएको के हो अहिले प्राविधिक टोलीले चेकजाँच गर्दैछ । एकिन भइसकेको छैन’ प्रवक्ता मानन्धरले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीका भ्रातृ संगठनमा किन बल्झिरहन्छ विवाद ?
-
पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
एमालेलाई गुरुङको जग्गादान : सर्वोच्चले कानुनसम्मत देखेको आधार (पूर्णपाठ)
-
सांसद विष्णु पन्थीको पक्राउ पुर्जी प्रकरण : के गर्दैछ रुपन्देही प्रहरी ?
-
आफ्नो वायु रक्षा प्रणालीमा शत्रु घुस्न असम्भव : भारतीय सेना
-
१० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो ‘कर्णाली छोरी सम्मेलन’