समाचार
उडेको १७ मिनेटमै श्री एयरलाइन्सको जहाज गौतम बुद्ध विमानस्थलमा फर्कियो
सोमबार, २५ वैशाख २०८०, १० : ५२
काठमाडौँ । भैरहवास्थित गौतम बुद्ध विमानस्थलबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाज प्राविधिक समस्या देखिएपछि भैरहवा नै फर्किएको छ । श्री एयरलाइन्सको एसएचए ८२२ नम्बरको ७२ सिटे विमान बिहान ९ः ४० बजे काठमाडौँका लागि उडेको थियो । तर, उडानको करिब १७ मिनेटपछि नै विमानमा केही प्राविधिक समस्या देखिए पनि पुनः गौतवुद्ध विमानस्थलमा नै अवतरण (ल्यान्ड) गरिएको कम्पनीका प्रवक्ता अनिल मानन्धरले रातोपाटीलाई जानकारी दिए । विमान ९ः ५७ बजे ल्यान्ड भएको हो ।
‘उडानको करिब १७ मिनेटपछि विमानमा इन्जिनियरिङ समस्या देखिएको जानकारी प्राप्त भएको छ । भएको के हो अहिले प्राविधिक टोलीले चेकजाँच गर्दैछ । एकिन भइसकेको छैन’ प्रवक्ता मानन्धरले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपीको प्रदर्शनपछि अभिजीत दीपकेले समर्थकहरूसँग मागे माफी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण