सिटी होटेलले सर्वसाधारणलाई खुलायो आईपीओ
सोमबार, २५ वैशाख २०८०, ११ : ०२
काठमाडौँ । सिटी होटेलले आजदेखि सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेकाहरूलाई बाँडफाँड गरेपछि सर्वसाधारणलाई आईपीओ बिक्री खुलाएको हो ।
कम्पनीले जारी पुँजी १ खर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशतका दरले आईपीओ बिक्री खुलाउने निर्णय गरेको थियो । सोअनुसार प्रतिकित्ता १०० रुपैयाँ अङ्कित १६ लाख ७४ हजार कित्ता सेयर बिक्री खुलाएको हो ।
यसमध्ये वैदेशिक रोजगारीमा गएकाहरूलाई १ लाख ६७ हजार ४०० कित्ता सेयर बिक्री गरिसकेको छ । यस्तै, सामूहिक लगानी कोषलाई ८३ हजार ७०० कित्ता र कर्मचारीलाई ६६ हार ९६० कित्ता सेयर बिक्री गरिसकेको छ ।
कम्पनीले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुलाएको हो । यो सेयरमा यही वैशाख २८ गतेसम्म आवेदन दिन सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण