...त्यसपछि फुकाले अमरेशले संसदमै लुगा, अनि भयो हंगामा (भिडियोसहित)
काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै स्वतन्त्र सांसद अमरेश कुमार सिंह आफ्नो आसनबाट उठेर बोल्न खोजे । सँगसँगै नेमकिपाका सांसद प्रेम सुवालले पनि बोल्न खोजे । तर, सभामुख देवराज घिमिरेले दुबै जनालाई बोल्ने समय दिएनन् ।
त्यसपछि आक्रोशित बन्दै स्वतन्त्र सांसद अमरेश कुमार सिंहले धमाधम आफ्नो कम्मरमाथिको कपडा फुकाल्न थाले । उनले सर्टदेखि भित्री भेस्टसम्म फुकाले ।
सांसद सिंहले धमाधम लुका फुकाल्न थालेपछि सभामुख घिमिरे नै एकछिन अलमलमा देखिए ।
त्यही क्रममा संसदका कर्मचारीहरुको सहयोग लिएर उनले भने, ‘माननीय सदस्य बसौँ म तपाईंलाई नियमावलीको नियम २१ को खण्ड ‘घ’ आकर्षित गर्न चाहन्छु । माननीय सदस्य तपाईं अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक व्यवहारहरु नदेखाउनुस्, त्यस्तो अभिव्यक्ति नगर्नुस् । माननीय सदस्य अमरेश कुमार सिंह, जुन व्यवहारहरु देखाइरहनु भएको छ, त्यसले गर्दा म हाम्रो नियम ३० को आधारमा तपाईँलाई चेतावनी दिन चाहन्छु । तपाईँ आफ्नो ठीक ढंगबाट बस्नुस् ।’
यस्तै अन्य सांसदहरुले पनि आसनबाट उठ्दै अमरेशको हर्कतको आलोचना गर्दै कारबाही हुनुपर्नेमाग समेत गरे । सभामुख घिमिरेले पटक पटक उनलाई चेतावनी दिइरहे । उनले असभ्य व्यवहार हटाएर सभ्यताका साथ आफ्नो कुराहरु नियमअनुसार राख्न पनि निर्देशन दिए ।
सभामुख घिमिरेले नियम नमाने थप अन्य कारबाही हुने चेतावनी दिएपछि सांसद सिंह संयमित बन्न खोजेका थिए, तर त्यतिबेलासम्म हंगामा भइसकेको थियो ।
सभामुखको लगातारको चेतावनीपछि सांसद सिंहले आफूले फुकालेको लुगा लगाएपछि भने सदन सहज ढंगले अगाडि बढ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण