संघीय सञ्चिती कोष २ सय अर्बले घाटामा जानु ‘नट जोक’
काठमाडौँ । पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको वर्तमान आर्थिक स्थिति निकै नाजुक अवस्थाबाट गुज्रिरहेको बताएका छन् । प्रतिनिधिसभामा जारी विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै पौडेलले इतिहासमै पहिलोपटक राजश्व सङ्कलन कमजोर स्थितिमा रहेको र सरकार नियमित खर्च समेत धान्न नसक्ने अवस्थामा पुगेको बताए ।
चालु आर्थिक वर्षको १० महिनासम्ममा बजेटको पुँजीगत खर्च ३० प्रतिशत पनि कट्न नसक्नु निकै विकराल स्थिति रहेको जिकिर गरे । ‘लक्ष्यको ५० प्रतिशत पनि राजस्व सङ्कलन हुन नसक्दा सङ्घीय सञ्चिति कोष २ सय अर्ब (२ खर्ब) बढीले ऋणात्मक जानुले अर्थतन्त्र गम्भीर स्थितिमा पुगेको पुष्टि हुन्छ’ पौडेलले भने, ‘नट जोक । यस्तै अवस्था रहे मुलुकको अर्थतन्त्र कोल्याप्सको बाटोमा जाने खतरा देखिन्छ ।
निजी क्षेत्र अहिलेसम्मकै कठिन अवस्थाबाट गुज्रिरहेको छ’ उनले भने । यी सबै समस्यालाई सम्बोधन गर्ने गरी बजेट आउनुपर्ने बताउँदै पूर्व अर्थमन्त्री पौडेलले कर्मकाण्डी शैलीको बजेटको सिद्धान्त र प्राथमिकता आउनु नहुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण