जनशक्तिको सही उपयोगका लागि छुट्टै मन्त्रालय आवश्यकः सांसद पौड्याल
काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले जनशक्तिको सही उपयोगका लागि छुट्टै मन्त्रालय बनाउनुपर्ने माग गरेकी छन् । सरकारले प्रस्तुत गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा सदनमा छलफलमा सहभागी हुँदै सोमवार उनले यस्तो माग गरेकी हुन् । उनले नेपालमा पर्याप्त जनशक्ति रहेको र त्यसको सही उपयोग गर्न आवश्यक रहेको बताइन् ।
उनले जनशक्तिको सही उपयोगका लागि छुट्टै मन्त्रालय चाहिने बताइन् । पौड्यालले तत्काल मन्त्रालय बनाउन नसके स्वास्थ्य मन्त्रालयको छुट्टै विभागका रुपमा भनेपनि स्थान दिनुपर्ने आवश्यक रहेको बताइन् ।
पौड्यालले भनिन्, ‘भर्खरै हाम्रो जनसंख्याको तथ्यांक आएको छ, यसले पनि देखाएका छ, हामी बारम्बार भनिरहेका छौँ, हामीसँग जनशक्ति छ, त्यसको उपयोग गर्नुपर्छ । जनशक्तिको उपयोग गर्न छुट्टै मन्त्रालय चाहिन्छ, अहिले मन्त्रालय नै राख्न सकिँदैन भने स्वास्थ्य मन्त्रालयको सानो डेस्क बनाएर विभाग बनाएर जनसंख्याको काम हुँदैन । यत्ति धेरै हामीसँग जनशक्ति छ, अहिले काम खोज्नेलाई काम छैन, कामदार खोज्नेलाई कामदार छैन । के मिलिरहेको छैन । हामीलाई केमा कस्तो स्किल भएका व्यक्ति चाहन्छि, कहाँ काम छ, यसको लागि ठूलो लेखाजोखा गर्न जरुरी छ । जनशक्तिको भरणपोषण गर्ने मन्त्रालयको जरुरी छ ।’
उनले जलवायु परिवर्तनको प्रकोपलाई रोक्न पूँजी वृद्धि गर्न जरुरी रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
-
'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना
-
उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेन: पूर्वअर्थमन्त्री पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण