पशुपति क्षेत्रमा थप ४ विद्युतीय शवदाह गृह निर्माण गरिने
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले थप चारवटा विद्युतीय शवदाह गृह निर्माण गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयमा आइतबार सम्पन्न कोष सञ्चालक परिषद्को बैठकले पशुपति क्षेत्रमा दाहसंस्कारका लागि थप चार वटा विद्युतीय शवदाह गृह निर्माण गर्ने निर्णय गरेको हो । विद्युतीय शवदाह गृहमा लाम लाग्न थालेपछि कोष सञ्चालक परिषद्ले यस्तो निर्णय गरेको हो ।
निर्माण भएपछि सबै विद्युतीय शवदाह गृहमा निःशुल्क गर्ने निर्णय भएको कोषका सदस्य सचिव डा.मिलनकुमार थापाले जानकारी दिए । पशुपति क्षेत्रमा अहिले दुई वटा विद्युतीय शवदाहगृह रहेकामा एउटाको यन्त्र बिग्रिएर थन्किएको र हाल एउटा मात्र सञ्चालनमा छ । कोष सञ्चालक परिषद्ले त्यसै स्थानमा थप चारवटा विद्युतीय शवदाह गृह निर्माण गर्न लागेको हो ।
थप चारवटा विद्युतीय शवदाह गृह निर्माण सकिएसँगै कोषले शव निःशुल्क दाहसंस्कार गर्ने तयारी गरेको हो । अहिले पशुपति आर्यघाटमा शवदाह संस्कार गरेबापत दाउराबाट जलाउने घाटमा रु १५ हजार र विद्युतीय शव दाहगृहमा रु चार हजार शुल्क लिने गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण