शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इमरान खानलाई पाकिस्तानी सेनाको चेतावनी

मङ्गलबार, २६ वैशाख २०८०, १० : ०७
मङ्गलबार, २६ वैशाख २०८०

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पाकिस्तानी सेनाले चेतावनी दिएको छ । पाकिस्तानी सेनाको मिडिया विङ आइएसपीआरले पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पिटिआईका अध्यक्ष इमरान खानविरुद्ध कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।

इमरान खानले कुनै प्रमाण बिना उच्च सैन्य अधिकारी विरुद्ध धेरै गैर जिम्मेवार र आधारहीन आरोप लगाइरहेको आइएसपीआरले बताएको छ । 

बयानमा भनिएको छ – विगत एक वर्षदेखि आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न पाकिस्तानी सेना र गुप्तचर निकायका अधिकारीविरुद्ध सनसनीपूर्ण तरिकाले प्रचार भइरहेको छ ।

एक र्‌यालीलाई सम्बोधन गर्दै इमरान खानले जनरल फैसल नसीरको नाम सम्पूर्ण पाकिस्तानले सम्झनुपर्ने र उनलाई केही भइहाल्यो भने त्यसको जिम्मेवार फैसल नसीर हुने बताएका थिए ।

नोभेम्बर सन् २०२२ मा इमरान खानमाथि घातक हमला भएको थियो । आक्रमणपछि मिडियालाई सम्बोधन गर्दा पनि इमरान खानले भनेका थिए, ‘तीन जनाले मेरो हत्या गर्ने षड्यन्त्र रचेका छन् । जसमा गृहमन्त्री सनाउल्लाह खान, प्रधानमन्त्री शाहबाज शरीफ र मेजर जनरल फैसल नसीर छन् ।’

isprको हुन् मेजर जनरल फैसल ? 

सेना अधिकारी फैसल नसीरलाई हालै मेजर जनरलको पदमा बढुवा गरिएको थियो, त्यसपछि उनी अगस्टमा पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआईमा सामेल भएका छन् ।

उनी आईएसआईको आन्तरिक शाखाको नेतृत्व गरिरहेका छन्, जसलाई ‘सी विङ’ भनिने ‘पोलिटिकल विङ’ को कमान सम्हालिरहेका छन् ।

यो पदलाई साधरणतया ‘डिजी सी’ भनिन्छ । यहाँ याद गर्नुपर्ने कुरा के छ भने यसको अर्थ ‘काउन्टर इन्टेलिजेन्स’ नभई एक अक्षरको रूपमा मात्रै प्रयोग गरिन्छ । आइएसआईमा यसबाहेक डिजी ए, बी आदि जस्ता संक्षिप्त अक्षर पनि प्रयोग हुन्छ ।

काउन्टर इन्टेलिजेन्स वा सीआई ब्युरो एउटा छुट्टै निर्देशनालय हो जस अन्तर्गत राजनीतिक शाखा सहित धेरै विभागहरू आउँछन् । पूर्व आईएसआई प्रमुख लेफ्टिनेन्ट जनरल फैज हमीद पनि मेजर जनरलको रूपमा यस पदमा तैनाथ थिए ।

मेजर जनरल फैसल नसीरले सेनाको पञ्जाब रेजिमेन्टमा कमिसन हासिल गरेका थिए । आफ्नो करियरको सुरुवाती समयमा नै उनी कोर अफ मिलिट्री इन्टेलिजेन्समा गएका थिए । त्यसपछि उनको करियर इन्टेलिजेन्स असाइनमेन्टसम्म रह्यो । 

र यसै कारण उनीबारे खासै धेरै जानकारी उपलब्ध छैन । उनी आफ्नो करियरका बेला अशान्त क्षेत्रमा तैनाथ रहे र महत्त्वपूर्ण इन्टेलिजेन्स आधारित अभियानको हिस्सा रहेका छन् । उनले पछिल्लो दुई दशकमा कतिपय मोस्ट वान्टेड चरम पन्थीलाई मारे, कतिलाई पक्राउ गरे । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप