ठाकुर गैरेको प्रश्न– नक्कली भुटानी शरणार्थी काण्डका आरोपी पनि संसदमा बोल्दैछन्, यो के भएको हो ?
काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने आरोपी पनि संसद् बैठकमा बोलिरहेको भन्दै आश्चर्य व्यक्त गरेका छन् । मङ्गलवार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद गैरेले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने काम राष्ट्रघात पनि र देशद्रोही काम भएको बताए ।
उनले भने– ‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेशमा पठाउने र त्यसबापत करोडौँ असुल्ने, भ्रष्टाचार गर्ने काम जघन्य अपराध हो । यो भष्टाचारजन्य अपराध मात्र नभएर राष्ट्रघात पनि हो । देशद्रोही काम हो । त्यसकारण यस्तो काममा संलग्न मान्छेहरूलाई छिटोभन्दा छिटो कारबाहीको प्रक्रियामा ल्याइनुपर्छ ।’
उनले अगाडि थप भने– ‘यतिमात्र हैन कि हामीले विभिन्न समाचारहरूमा सुनिरहेका छौँ केही व्यक्तिहरू पक्राउ परेका छन् । केही व्यक्ति र सांसदलाई वारेन्ट गरिएको छ, उहाँ भागिराख्नुभएको छ केही सांसदहरू जो नोटिसमा हुनुहुन्छ, उहाँ सदनमै हुनुहुन्छ, सदनमा बोलिराख्नुभएको छ यो के भएको हो ? म यो सदनमार्फत, सभामुख मार्फत, सरकारलाई यो विषयमा जाँचबुझ के भइरहेको छ, छानबिन के भइरहेको छ, यसमा संलग्न को हुन्, यो सरकारले के गरिरहेको छ ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण