२७ वर्षपछि अलग हुँदै ‘सम फोर्टीवान’
ओन्टारियो । क्यानेडाली रक ब्यान्ड ‘सम फोर्टीवान’ २७ वर्षपछि अलग हुने भएको छ । सोमबार ट्वीटरमा जारी विज्ञप्तिमा ब्यान्डले हालको सांगीतिक यात्रा टुंग्याएपछि आफ्नो अन्तिम एल्बम ‘हेभन एक्स हेल’ रिलिज गर्ने र त्यसपछि अन्तिम सांगीतिक यात्रा गरेपछि अलग हुने जानकारी दिएको हो ।
‘सन् १९९६ देखि सम फोर्टीवानमा रहँदा हामीले जीवनकै सबैभन्दा सुन्दर पलहरु बितायौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामीलाई हरेक तरिकाले समर्थन गर्ने हाम्रो सबै फ्यानहरुप्रति आभारी छौँ ।’ ब्यान्डले आफ्नो अन्तिम सांगीतिक यात्रामा सबै फ्यानहरूसँग भेट्ने आशा व्यक्त गर्दै ब्यान्डका हरेक सदस्यको भविष्यप्रति उत्साहित रहेको बताएको छ ।
ब्यान्डमा गायकका रूपमा डेरिक विब्ले, गिटारमा डेभ ब्राउनसाउन्ड र टम थ्याकर, बेसमा कोन म्याक्यासलिन र ड्रममा फ्रांक जुमो रहेका छन् । पप–पंक ब्यान्ड सन् २००१ को डेब्यू स्टुडियो एल्बम ‘अल किलर नो फिलर’ बाट चर्चामा आएको थियो । सो एल्बममा रहेको ‘फ्याट लिप’ र ‘इन टु डिप’ गीत बिलबोर्ड चार्टमा ६० हप्तासम्म रहेको थियो ।
ब्यान्डले ब्रिङ इट अन, अमेरिकन पाई २ र डुड, ह्वेर इज माई कारजस्ता चर्चित चलचित्रको साउन्ड ट्रयाक बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण