आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सौफको पानीले मोटोपना घटाउँछ, शरीर डिटक्स गर्छ : यस्ता छन् अपत्यारिला फाइदा

मङ्गलबार, २६ वैशाख २०८०, १५ : १२
मङ्गलबार, २६ वैशाख २०८०

विश्वभरिका धेरै मानिस मोटोपनाको समस्यासँग जुधिरहेका छन् । मोटोपनाकै कारण हृदयाघात र मधुमेहजस्ता समस्या पैदा हुन थालेका छन् ।

तौल घटाउनका लागि जिम जानु र वर्क आउट गर्नु एक मात्र विकल्प होइन । हाम्रो भान्सामा एउटा यस्तो औषधी छ जसले तौल नियन्त्रणमा सहयोग गर्छ । यसका लागि तपाईंलाई सौफको पानीले मद्दत गर्न सक्छ ।

साधरणतया सौफलाई हामी खाना खाएपछि माउथ फ्रेसनर र पाचकको रूपमा प्रयोग गर्छौँ तर यो तौल घटाउन पनि सहयोगी हुन्छ ।

आउनुहोस्, सौफले तपाईंको स्वास्थ्यमा कस्तो असर गर्छ भन्नेबारे जानकारी लिऔँ । 

यसबारे भारतकी आहारविद् अंशु चौहानले भारतीय सञ्चार माध्यमसँग कुराकानी गरेकी छिन् । चौहानका अनुसार सौफका दाना फाइबर, एन्टिअक्सिडेन्ट र खनिजको एक समृद्ध स्रोत हो जसले बोसो पगाल्न मद्दत गर्न सक्छ । सौफको दानाले पाचन र मेटाबोलिजमलाई पनि ठिक राख्न सहयोग गर्छ । 

एक चम्चा सौफलाई एक गिलास पानीमा रातभरिका लागि भिजाउनुहोस् । बिहान सबैभन्दा पहिला यो पानी खानुहोस् । सौफको पानीले पेट भरिएको महसुस गराउँछ । यसले गर्दा धेरै खाने इच्छा हुँदैन र तौल सहजै कम गर्न सकिन्छ ।

सौफको पानी पिएर नेहाले घटाइन् २३ किलो तौल

एक अन्तरवार्तामा बलिउड अभिनेत्री नेहा धुपियाले सौफको पानीबारे कुरा गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘गर्भावस्थापछि मेरो तौल २३ किलो बढेको थियो । यो कम गर्नका लागि मैले लगातार सौफको पानी पिएँ । यो पानीले ब्लोटिङ (ग्यास) बाट छुटकारा पाउन सहयोग गर्छ । साथै यसले महिनावारीका बेला हुने पीडालाई पनि कम गर्छ । यसबाहेक यसले नियमित महिनावारी गराउन सहयोग पुर्‍याउँछ । ’

टक्सिन निकाल्छ, मेटाबोलिजम तेज पार्छ

भारतका आयुर्वेदाचार्य डा. आर अचलका अनुसार सौफमा एन्टी ब्याक्टेरियल र एन्टी अक्सिडेन्ट गुण हुन्छ जसले डन्डिफोर आउन दिँदैन । सौफमा भएको इसेन्सियल ओयलले टक्सिन निकालेर शरीरलाई सफा राख्न पनि मद्दत गर्छ ।

तन्तुलाई ऊर्जा दिन मेटाबोलिजमको महत्त्वपूर्ण भूमिका हुन्छ । सौफले मेटाबोलिजमलाई तीव्र बनाउन मद्दत गर्छ, विशेष गरी खाली पेटमा यो सेवन गर्नु शरीरका लागि थप फाइदाजनक मानिन्छ ।

शरीरलाई डिटक्स गर्न पनि मद्दत गर्छ

सौफ एक प्राकृतिक डिटक्सिफायर हो । त्यसैले खाना खाएपछि यो खाने गरिन्छ । यसले तपाईंको शरीरबाट विभिन्न विषाक्त पदार्थलाई बाहिर निकाल्नुका साथै पाचन तन्त्र पनि बलियो बनाउँछ । गर्मीमा पाचन तन्त्रलाई ठिक राख्नका लागि पनि सौफ खाने गरिन्छ । पेट ठिक हुनुको सिधा असर तौलमा पनि पर्छ ।

शरीरलाई चिसो बनाउँछ, हिट स्ट्रोकबाट जोगाउँछ

गर्मीमा सौफले शरीरको तापक्रम चिसो राख्छ र हिट स्ट्रोकबाट जोगाउँछ । सौफको चिया वा पानी पिउँदा शरीरबाट अतिरिक्त पानी बाहिर निकाल्न मद्दत मिल्न सक्छ ।

सौफमा जिङ्क, फस्फोरस, सेलेनियम र म्यागनिजजस्ता पोषक तत्त्व पाइन्छ । यसबाहेक सौफमा भएको एन्टिअक्सिडेन्टले शरीरलाई मुक्त कणबाट सुरक्षित राख्छ । मुक्त कणले शरीरमा अक्सिडेटिभ स्ट्रेस पैदा गर्छ जसका कारण मोटोपना र अन्य थुप्रै रोग लाग्न सक्छ ।

यसरी बनाउनुहोस् सौफको पानी

एउटा ठुलो चम्चा सौफ लिनुहोस् र त्यसमा दुई गिलास पानी हाल्नुहोस् । एक चिम्टी बेसार पनि त्यसमा मिसाउनुहोस् र रात भरी भिज्नका लागि छोड्नुहोस् । बिहान त्यो पानीबाट एक गिलास पानी निकालेर उमाल्नुहोस् र मनतातो भएपछि पिउनुहोस् । अर्को गिलास पानी भने बेलुका पिउन सक्नुहुन्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप