इमरान खानमाथि जबरजस्ती गरिएको छैन : गृहमन्त्री
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि कुनै जबरजस्ती नगरिएको भन्दै पाकिस्तानका गृहमन्त्रीले स्पष्टीकरण दिएका छन् । गृहमन्त्री राना सनाउल्लाहले इमरान खान कानुनी पत्र पठाएपछि पनि पेस नभएको र उनलाई राष्ट्रिय खजानामाथि क्षति पुर्याएको आरोपमा पक्राउ गरिएको जानकारी दिए ।
उनले भने, ‘इमरान खान नोटिस पठाउँदासमेत पेस भएका थिएनन् । उनलाई राष्ट्रिय खजानाको क्षति गरेको आरोपमा पक्राउ गरिएको छ । उनीमाथि कुनै जबरजस्ती गरिएको छैन ।’
इमरान खानविरुद्ध मे १ मा पक्राउ पुर्जी जारी गरिएको थियो । उक्त पक्राउ पुर्जी नेशनल अकाउन्टिबिलिटी ब्युरोका अध्यक्ष लेफ्टिनेन्ट नजिर अहमदले जारी गरेका थिए ।
यसमा भनिएको थियो – इमरान खानमाथि एनएबी अध्यादेश १९९९ को धारा ९ ए अन्तर्गत भ्रष्टाचारको आरोप छ ।
गिरफ्तारीपछि अभियुक्तलाई सोधपुछका लागि अदालतमा पेस गरिने वारेन्टमा बताइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंकलाई लगातार तेस्रो पटक 'गोल्ड अवार्ड' सहित तीन वटा प्रतिष्ठित सम्मान
-
सदर चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा
-
यी हुन् नेपाल नर्सिङ परिषद्को अध्यक्ष र रजिष्ट्रारमा उम्मेदवारी दिनेहरू
-
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा ९ र रजिस्ट्रारमा ११ जनाले दिए आवेदन
-
पाराग्वेका गोलकिपर ओर्लान्डो गिल : जर्सी बेचेर परिवार पाल्नेदेखि विश्वकपको ‘पेनाल्टी हिरो’सम्म
-
अग्रता जोगाउन नसकेको जापान, पेनाल्टीले घर फर्कायो जर्मनी र नेदरल्यान्ड्सलाई (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण