बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

इमरान खानमाथि जबरजस्ती गरिएको छैन : गृहमन्त्री

मङ्गलबार, २६ वैशाख २०८०, १७ : १०
मङ्गलबार, २६ वैशाख २०८०

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि कुनै जबरजस्ती नगरिएको भन्दै पाकिस्तानका गृहमन्त्रीले स्पष्टीकरण दिएका छन् । गृहमन्त्री राना सनाउल्लाहले इमरान खान कानुनी पत्र पठाएपछि पनि पेस नभएको र उनलाई राष्ट्रिय खजानामाथि क्षति पुर्‍याएको आरोपमा पक्राउ गरिएको जानकारी दिए । 

उनले भने, ‘इमरान खान नोटिस पठाउँदासमेत पेस भएका थिएनन् । उनलाई राष्ट्रिय खजानाको क्षति गरेको आरोपमा पक्राउ गरिएको छ । उनीमाथि कुनै जबरजस्ती गरिएको छैन ।’

इमरान खानविरुद्ध मे १ मा पक्राउ पुर्जी जारी गरिएको थियो । उक्त पक्राउ पुर्जी नेशनल अकाउन्टिबिलिटी ब्युरोका अध्यक्ष लेफ्टिनेन्ट नजिर अहमदले जारी गरेका थिए ।

home ministerयसमा भनिएको थियो – इमरान खानमाथि एनएबी अध्यादेश १९९९ को धारा ९ ए अन्तर्गत भ्रष्टाचारको आरोप छ । 

गिरफ्तारीपछि अभियुक्तलाई सोधपुछका लागि अदालतमा पेस गरिने वारेन्टमा बताइएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप