भुटानी शरणार्थी प्रकरण
सभामुखलाई टोपबहादुरको पत्र : म बिरामी छु
बुधबार, २७ वैशाख २०८०, १४ : ३८

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि भागेका एमाले सांसद टोपबहादुर रायमाझीले बिरामी परेको पत्र संसद सचिवालयलाई पठाएका छन् । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले रायमाझीले बिरामी भएको पत्र पठाएको र प्राप्त भएको बताए ।
बिना सूचना प्रतिनिधिसभाको १० वटा बैठकमा अनुपस्थित भए सांसद पद जाने व्यवस्था रहेका कारण उनले सभामुखलाई पत्रमार्फत जानकारी गराएका हुन् । एमाले केन्द्रीय सचिव समेत रहेका रायमाझीलाई पार्टीले बुधबारै पदबाट निलम्बन गरेको छ ।
अदालतले पक्राउ पुर्जी जारी गरेपछि रायमाझी फरार रहेका थिए । गत बुधबार रायमाझीलाई अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । रायमाझी कहाँ छन् भन्ने बारेमा प्रहरीले भने हालसम्म पत्ता लगाउन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश