नक्कली भुटानी शरणार्थी प्रकरण दबाउन खोजिए आँधीबेहरी कसैले रोक्न सक्दैन : अध्यक्ष थापा
बुधबार, २७ वैशाख २०८०, २० : २४
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन भइरहेको अवस्थामा शीर्ष नेताहरूको बैठक, तालमेल र गतिविधि आपत्तिजनक भएको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै थापाले नक्कली भुटानी शरणार्थी प्रकरण दबाउन खोजिएमा जनआक्रोशको आँधीबेहरी कसैले रोक्न नसक्ने बताए ।
उनले लेखेका छन्, 'नक्कली भुटानी शरणार्थी सम्बन्धित मानव तस्करी, संगठित अपराध र ठगी जस्ता जघन्य अपराधको प्रहरीले छानबिन गरिरहेको अवस्थामा छानबिन प्रभावित गर्नेगरी प्रमुख दलहरुका शीर्ष नेताहरूको बैठक, तालमेल र गतिविधि आपत्तिजनक छ। यो काण्ड दबाउने काम गरियो भने जनआक्रोशको आँधीबेहरी कसैले रोक्न सक्दैन ।'
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको बैठक बसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण