मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

नक्कली भुटानी शरणार्थी प्रकरण दबाउन खोजिए आँधीबेहरी कसैले रोक्न सक्दैन : अध्यक्ष थापा

बुधबार, २७ वैशाख २०८०, २० : २४
बुधबार, २७ वैशाख २०८०

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन भइरहेको अवस्थामा शीर्ष नेताहरूको बैठक, तालमेल र गतिविधि आपत्तिजनक भएको बताएका छन् ।

 सामाजिक सञ्जालमा लेख्दै थापाले नक्कली भुटानी शरणार्थी प्रकरण दबाउन खोजिएमा जनआक्रोशको आँधीबेहरी कसैले रोक्न नसक्ने बताए । 

उनले लेखेका छन्, 'नक्कली भुटानी शरणार्थी सम्बन्धित मानव तस्करी, संगठित अपराध र ठगी जस्ता जघन्य अपराधको प्रहरीले छानबिन गरिरहेको अवस्थामा छानबिन प्रभावित गर्नेगरी प्रमुख दलहरुका शीर्ष नेताहरूको बैठक, तालमेल र गतिविधि आपत्तिजनक छ। यो काण्ड दबाउने काम गरियो भने जनआक्रोशको आँधीबेहरी कसैले रोक्न सक्दैन ।' 

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको बैठक बसेको थियो । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप