टोपबहादुर कहाँ छन् ? पृथ्वी सुब्वाको जवाफ : गन्ध आउँदैन, कसरी थाहा पाउनु ?
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव पृथ्बी सुब्बा गुरुङले भुटानी शरणार्थी प्रकरणमा मुछिएका सचिव टोपबहादुर रायमाझी कहाँ छन् भन्ने पार्टीलाई कुनै जानकारी नभएको प्रष्टीकरण दिएका छन् ।
बिहीबारको केन्द्रीय कमिटी बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले नेता गुरुङलाई टोपबहादुर रायमाझी कहाँ छन् भनेर प्रश्न गरेका थिए । जवाफमा गुरुङले सम्पर्कमा नआएकैले उनलाई कारवाही गरिएको बताए । उनले भने, ‘गन्ध आउँदैन कसरी थाहा पाउनु ?’
गुरुङले रायमाझी कहाँ छन् भनेर प्रहरीलाई समेत थाहा नभएकाले उनी नसमातिएको हुनसक्ने बताए ।
‘जुन दिनदेखि उहाँ सम्पर्कमा रहनुभएन । त्यो दिनदेखि हामीलाई मात्रै होइन प्रहरीलाई पनि थाहा भएको भए समातेर ल्याउँथ्यो होला’, गुरुङले भने, ‘अस्ति सचिवालयको बैठकले नै विधि र कानुनको शासन मान्ने पार्टी भएकाले राज्यले गर्ने छानबिन र अनुसन्धानमा सहयोग गर्नुपर्छ भनेर भनेको हो त्यसैले हाम्रो विश्वास र आशा छ निलम्बन फुकुवा गर्न पाइयोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण