राजनीति
एमाले बैठक : प्रतिवेदनमाथि आठ समूहमा छलफल हुने
बिहीबार, २८ वैशाख २०८०, १७ : ४८
काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा ‘मिसन ग्रासरुट’बारे सातै प्रदेशबाट पेश भएका प्रतिवेदनमाथि समूहगत छलफल हुने भएको छ ।
बैठकको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने सातै प्रदेशसहित आयोग अध्यक्षहरुले प्रतिवेदन पेश गरेका छन् । ती प्रतिवेदनमाथि शुक्रबार समूहगत छलफल हुने पार्टी उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
‘प्रतिवेदनमाथि भोलिबाट आठ समूहमा छलफल हुन्छ’, गुरुङले गत फागुन २ गतेबाट सुरु भएको मिसन ग्रासरुट अभियान उत्साह र सहभागितामूलक बनेको भन्दै यसले पार्टी सुदृढीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण