आगोले जलेर मृत्यु भएका ४ जनाको सामूहिक दाहसंस्कार
अर्घाखाँची । आगोले जलेर मृत्यु भएका अर्घाखाँचीको भुमिकास्थान नगरपालिका ढाकाबाङ्गका चार जनाको सामूहिक दाहसंस्कार गरिएको छ । खाकाबेँसीको बघमारे घाटमा सो सामूहिक दाहसंस्कार गरिएको भुमिकास्थान नगरपालिका–१ का वडाध्यक्ष गोपाल खनालले बताए । भुमिकास्थान नपा–२ ढाकाबाङ्गमा आगो निभाउने क्रममा घाइते भएका चार जनाको उपचारका क्रममा मृत्यु भएपछि सिङ्गो तिरतिरे गाउँ शोकमा डुबेको छ ।
मङ्गलबार दिउँसो भुमिकास्थान नगरपालिका–२ तिरतिरे गाउँमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका एकै गाउँ बेल्वासे टोलका चारै जनाको मृत्यु भएको थियो । घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा सिफारिस गरिएको थियो । पाल्पामा उपचार हुन नसकेपछि काठमाडौँ सिफारिस गरिएकामा उपचारका लागि लैजाँदै गर्दा केहीको बाटोमा र केहीको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको थियोे ।
आगलागीमा परी घाइते भएका भुमिकास्थान–२ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर बेल्वासेको उपचारका लागि लैजाँदै गर्दा पाल्पाको रामपुरमा, ५५ वर्षीय पदम बेल्वासेको नारायणघाट नजिकै र ५२ वर्षीय घनश्याम बेल्वासेको काठमाडौँ कीर्तिपुरको बर्न अस्पतालमा र ३६ वर्षीय माधव वेल्वासेको उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको हो ।
आगलागीमा परी घाइते भएकी २६ वर्षीया अस्मिता बेल्वासेको अवस्था सुधारोन्मुख छ । उहाँको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र
-
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
-
काभ्रेपलान्चोकमा ब्राउन सुगरसहित पाँच जना पक्राउ
-
के चीनले विद्युतीय सवारीसाधनमा झैँ रोबोट्याक्सीमा पनि विश्वबजार कब्जा गर्ला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण