संसद् सुरु भएको ५ महिनासम्म पनि बस्न सकेन संसदीय समितिको बैठक
काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधि सभाअन्तर्गत रहेका विषयगत समितिको बैठक बोलाउन आवश्यक तयारी पूरा भएको बताएपनि समितिहरूको बैठक कहिले बस्ने भन्ने बारेमा अझै टुङ्गो लाग्न सकेको छैन ।
प्रतिनिधि सभाको बैठक बस्न थालेको ५ महिना बितिसक्दा र संसदीय समिति गठन भएको १५ दिन बितिसक्दा पनि समितिहरूमा बैठक अघि बढ्न नसकेको हो ।
यही वैशाख ३१ गते बस्ने प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिमा समितिहरूमा बैठक अघि बढाउनेबारेमा छलफल हुने संघीय संसद्का प्रवक्ता एकराम गिरीले रातोपाटीलाई जानकारी दिए ।
रातोपाटीसँग कुरा गर्दै प्रवक्ता गिरीले भने,‘संसदीय समितिको बैठक राख्नका लागि सम्पूर्ण तयारी पूरा भइरहेको छ । कार्यालय व्यवस्थापन, कर्मचारी व्यवस्थापनको काम भइसकेको छ । वैशाख ३१ गते दिउसो १ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसदीय समितिलाई अगाडि बढाउनेबारे छलफल हुनेछ । प्रारम्भमा एकैदिन सबै समितहरुको बैठक बस्दा राम्रो हुने सुझाव सचिवालयले दिएको छ ।’
प्रतिनिधि सभाको बैठकमा प्रि–बजेटमाथिको छलफल बिहान ११ बजेदेखि सुरु हुनु, दलहरु आन्तरिक कार्यक्रममा व्यस्त हुनाले सांसदहरू उपस्थित हुन कठिनाइ उत्पन्न हुने भएकाले समितिको बैठक सुरु हुन नसकेको हो ।
संसदीय समिति गठन भइसकेर पनि बैठक अघि बढ्न भइरहेको ढिलाइका कारण सभामा प्रस्तुत भएका विधेयकहरुमाथि दफावार छलफल हुन सकिरहेको छैन ।
प्रतिनिधि सभाको बैठक बस्न थालेको ५ महिना बित्तिसक्दापनि संसदीय समितिको बैठक बस्न सकेको छैन । संसदीय समितिको नेतृत्वमा राजनीतिक भागवण्डा मिलाउन खोज्दा संसदीय समिति गठनमा ढिलाइ भएको थियो । १५ दिनअघि प्रतिनिधिसभाले संसदीय समिति गठन गरेपनि कानुन निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने समितिहरु चलायमान हुन सकिरहेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण