सात बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै दोस्रो अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट –२०२३ सम्पन्न
रुपन्देही । सात बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट –२०२३ तथा बिमस्टेकको रजत जयन्ती समारोह सम्पन्न भएको छ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
यसको संयोजनको भूमिका नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल (नाट्टा)ले गरेको थियो भने लुम्बिनी विकास कोष, नेपाल वायुसेवा निगमको सहकार्य एवं अन्य सङ्घ संस्थाहरूको समेत सहयोग थियो । सन २०२४ को मार्च २४ मा तेस्रो अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट आयोजना गर्ने लुम्बिनी घोषणा पत्र सार्वजनिक गर्दै मार्ट सम्पन्न भएको हो ।
सात बुँदे घोषणापत्रमा लुम्बिनी, भगवान् बुद्ध ९शाक्यमुनि० को जन्मस्थल र शान्तिको मुहानलाई बौद्ध परिक्रमाको सुरुवात बिन्दु र शान्ति गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने, लुम्बिनी र अन्य बौद्ध स्थलहरूमा पर्यटकको बसाइ विस्तार गर्न विभिन्न गतिविधिहरू सहितको साझा प्याकेज विकास गर्ने, पर्यटकहरूलाई अन्तर्राष्ट्रिय नेटवर्किङ र संलग्न गतिविधिहरूलाई प्राथमिकता दिने उल्लेख छ ।
यस्तै बुद्धसँग सम्बन्धित क्षेत्रका चार प्रमुख पवित्र स्थलहरू लुम्बिनी, बोध गया, सारनाथ र कुशीनगरको बौद्ध सर्किटलाई अन्य बौद्ध स्थलहरूमा विस्तार गर्ने, प्रवद्र्धनकोलागि साझा कथाहरू-कथाहरू विकास गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्य अन्तर्राष्ट्रिय गन्तव्यहरूमा कनेक्टिभिटीको प्रवर्द्धन र विस्तार गर्ने लगायतका विषयहरू समेटिएका छन् ।
मार्टले अन्तर्राष्ट्रिय क्षेत्रमा बौद्ध पर्यटन, उत्पादन र गतिविधिहरूको विकास, ब्रान्ड र प्रदर्शन गर्ने वार्षिक कार्यक्रमको रूपमा स्थापित हुने विश्वास गरिएको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रग्मीले बताए । उनले मार्टमा सहभागी विभिन्न देश तथा क्रेता र बिक्रेताहरुको उपस्थितीले लुम्बिनीको पर्यटनलाई थप चलायमान बनाउने समेत बताए । ‘लुम्बिनी आफैमा बुद्ध पर्यटनको केन्द्र हो । मार्टले कोभिड पछि सिथिल भएको पर्यटनलाई पुनर्जागृत गर्न र लुम्बिनीको महत्त्वलाई थप उजागर गर्न सहयोग पुग्ने हाम्रा अपेक्षा छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र
-
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
-
काभ्रेपलान्चोकमा ब्राउन सुगरसहित पाँच जना पक्राउ
-
के चीनले विद्युतीय सवारीसाधनमा झैँ रोबोट्याक्सीमा पनि विश्वबजार कब्जा गर्ला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण