नेताहरू नै नक्कली भुटानी शरणार्थी काण्डमा मुछिनु दुर्भाग्य : पूर्वमुख्यमन्त्री केसी
रोल्पा । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले राजनीतिक नेतृत्व नसुध्रिए देश दुर्घटना पर्ने बताएका छन् । रोल्पाको लिवा ङमा भएको सुशासनका लागी साक्षरता कार्यक्रममा बोल्दै केसीले लोकतन्त्रको आधारशिला नै सुशासन भएको बताए ।
केसीले नेताहरू नै नक्कली भुटानी शरणार्थी काण्डमा मुछिनु देशको लागी दुर्भाग्य भएको भन्दै सरकारले गरेको छानबिनमा दोषी देखिए कसैलाई छाड्न नहुने बताए । उनले लोकतन्त्रको सुन्दर पक्ष नै सुशासन भएको जिकिर गर्दै नेतृत्व तह नै नसच्चिए प्राप्त उपलब्धि नै गुम्ने खतरा बढेको ठोकुवा गरे । उनले विकास निर्माणका काममा अब पालिकाहरू एक आपसमा सहकार्य गरेर जानु पर्नेमा जोड दिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सिता आचार्य कर्मचारी अभाव र स्रोत साधनका बाबजुद पनि आफूहरूले गर्नुपर्ने भूमिका निर्वाह गरिरहेको बताए । त्यस्तै रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्तीले नागरिकलाई छिटो र छरितो सेवा दिने गरी काम गरिरहेको बताए । रोल्पाका निमित्त प्रमुख जिल्ला अधिकारी लेखनाथ खतिवडाले सेवाग्राहीलाई बिना झन्झट काम गर्दै आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र
-
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
-
काभ्रेपलान्चोकमा ब्राउन सुगरसहित पाँच जना पक्राउ
-
के चीनले विद्युतीय सवारीसाधनमा झैँ रोबोट्याक्सीमा पनि विश्वबजार कब्जा गर्ला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण