बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई

शनिबार, ३० वैशाख २०८०, १९ : २४
शनिबार, ३० वैशाख २०८०

बुटवल । पाल्पाको रानी महलमा जारी महलमा सम्पन्न राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।  आज सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मीले उपाधि उचालेको हो । 

आर्मीको दिल सुनार र दुर्गाप्रसाद महतोको जोडीले पुलिसको इमबहादुर राना र चन्द्रबहादुर कुँवरको जोडीलाई २१–१९ र २१–१५ को सोझो सेटमा हराएको  थियो । बैशाख २८ गतेबाट रानी महल प्राङ्गणमा सुरु भएको प्रतियोगितामा  उपाधि सहित आर्मीले एक लाख ५० हजार रुपैयाँ प्राप्त  गरेको छ भने  उपविजेता  पुलिसले एक लाख रुपैयाँमा प्राप्त गरेको छ । 

यस्तै विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफको टिमले कर्णाली प्रदेशलाई २१–१८ र २१–१७ को सोझो सेटमा हराउँदै तेस्रो बन्न सफल  भएको थियो । एपीएफले ५० हजार र कर्णालीले २५ हजार रुपैयाँ प्राप्त गरेका  छ । 

राष्ट्रिय खेलकुद परिषद् राखेको मुख्य सहयोग र सञ्जय मेमोरियल फाउन्डेसनको आयोजनामा सञ्चालित प्रतियोगिता रानीमहललाई बिच भलिबलको हब बनाउने उद्देश्यका साथ गत वर्षदेखि सुरुआत गरिएको थियो ।

प्रतियोगितामा कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेस गरी ५ प्रदेश, तीन विभागीय क्लब र आयोजक गरी ९ टोली सहभागी रहेको आयोजकले जनाएका छन् ।समापन समारोहका प्रमुख अतिथि प्रदेश सभा सदस्य वीरबहादुर राना, फाउन्डेसनकी अध्यक्ष निरोज मास्के लगायतले विजेता खेलाडी र टिमलाई पुरस्कृत गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप